भरतपुर प्रकरणको रिटले सर्वाेच्चमा प्राथमिकता पाएन, अब ६ असारमा सुनुवाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको भरतपुर प्रकरण सर्वाेच्च अदालतको प्राथमिकतामा परेन । देशभरको चासोको बिषय बनेको भरतपुर प्रकरणको सुनुवाई मंगलवार पनि स्थगित भएको छ ।

भरतपुर महानगरपालिकामा मतगणना भइरहेका बेला १४ जेठ राति नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेका थिए । त्यसको करिव एक सातापछि पुन मतदान गराउने निर्णय निर्वाचन आयोगले गरेको थियो ।

निर्वाचन आयोगको निर्णयबिरुद्ध प्रमुख प्रतिपक्ष दल एमाले सर्वाेच्च अदालत पुगेको थियो । उच्च प्राथमिकतामा राखेर हेरिनुपर्ने रिटको सुनुवाई अहिलेसम्म हुन सकेको छैन । निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिए थप सुनुवाईका लागि दुई पटक पेशी पनि तोकिएको थियो ।

तर वर्तमान कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले भरतपुर प्रकरणको रिटलाई प्राथमिकता दिएनन् । २८ जेठमा दोस्रो पेशी तोकिएको थियो । तर प्राथमिकतामा नराखी १७ नम्वरमा राखेका कारण सुनुवाइको पालो आएन ।

त्यसैगरी सर्वाेच्च अदालतले तेस्रो पेशी ३० जेठमा राखेको थियो । यसपटक पनि प्राथमिकता नराखेका कारण सुनुवाई हुन सकेन । अबको पेशी ६ असारमा राखिएको छ ।

देशभर चासोको बिषय बनेको भरतपुर प्रकरणलाई कामु प्रधानन्यायाधीशले प्राथमितामा नराखेपछि रिट कर्ता प्रमुख प्रतिपक्ष दलले आशंका गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice