विमलेन्द्र निधि र पूर्णबहादुर खड्का भावी नेतृत्वको पर्खाइमा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी पदमा सशक्त दावी गर्दै आएका गोपालमा श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बनेपछि नेता विमलेन्द्र निधि र पूर्णबहादुर खड्कालाई बाटो खुलेको छ । श्रेष्ठले उपसभापतिमा दावी गर्दै आएका थिए भने कार्कीले महामन्त्रीमा दावी गर्दै आएका थिए । दुवै जना पाटी सभापति शेरबहादुर देउवासँग सरकारमा गएका छन् ।

देउवाले निधिलाई उपसभापति बनाउन श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित शिक्षा मन्त्री बनाएका छन् । निधिकै योजनामा श्रेष्ठलाई सरकारमा लगिएको हो । उपसभापतिको बाटो खुल्ला गर्न निधिले नै उपप्रधानमन्त्रीको प्रस्ताव गरेका थिए ।

श्रेष्ठसँगै पार्टीका प्रभावशाली नेता खुमबहादुर खड्काले पनि उपसभापतिमा दावी गरेका थिए । तर भ्रष्टाचार अभियोग प्रमाणित भएका कारण देउवाले उपसभापति बनाउन चाहेनन् । खड्का उपसभापतिको रेसबाट बाहिरिसकेका छन् ।

त्यसैगरी पार्टीभित्र प्रभावशाली मानिने पूर्वगृहमन्त्री समेत रहेका खड्कालाई देउवाले महामन्त्रीको जिम्मेवारी दिने तयारी थालेका छन् । महामन्त्रीका लागि साडुभाई ज्ञानेन्द्रबहादुर कार्कीले सशक्त दावी गरेका थिए । उनलाई देउवाले अर्थमन्त्रालयको जिम्मेवारी दिएका छन् । कार्की अर्थमन्त्री बनेपछि खड्का निर्विकल्प महामन्त्री बन्ने भएका छन् ।

खड्कालाई महामन्त्री बनाउन नेता खुमबहादुरले पनि साथ दिएका छन् । खुमबहादुरले आफु उपसभापति बन्न नसक्ने अवस्था आए खुमबहादुर खड्कालाई महामन्त्री बनाउने प्रस्ताव देउवासँग गरेका थिए ।

उता पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभापति वा महामन्त्री मध्ये एक आफ्नो पक्षलाई दिन देउवालाई आग्रह गरेका छन् । तर देउवाले भने दुवै पद आफु निकटका ब्यक्तिलाई दिने तयारी थालेका छन् ।

सरकारलाई पूर्णता दिएलगतै पार्टीलाई पनि पूर्णता दिने योजना देउवाले बनाएका छन् । पार्टीभित्रका सवै पदमा यही बेला मनोनित गर्ने पक्षमा देउवा रहेको स्रोतले बताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice