कस्को इशारामा चल्दैछन प्रधानमन्त्री देउवा ? पाँचौ पटक निर्वाचनको मिति सार्ने भित्रभित्रै तयारी

राजपाका नेताहरुले लगाएको गुन तिर्न प्रधानमन्त्री देउवाले निर्वाचनको मिति सार्ने भित्रि तयारी थालेका छन । राजपाका नेताहरुलाई मनाउने नाममा सरकारले पाँचौं पटक स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारी गरेको छ । यस अगाडि राजपाकै नेताहरुलाई खुसी पार्ने बाहनामा सरकारले स्थानीय तहको निर्वाचन चार पटक सारिसकेको छ । घोषित वैशाख ३१ को स्थानीय तहको निर्वाचनमा राजपाकै नेताहरुलाई खुसी पार्ने बाहनमा जेठ ३१,असार ९ हुँदै असार १४ मा सारिएको थियो । राजपालाई चुनावमा ल्याउने बाहनामा चार पटक चुनाव मिति सारिसकेको सरकारले पाँचौं पटक पनि असार १४ गतेका लागि तोकिएको चुनाब मिति सार्ने गृहकार्य अघि बढाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावको मिति पाँचौं पटक सार्ने तयारीमा जुटेका छन् ।

कांग्रेस निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवा २ नम्बर प्रदेशको चुनाव सार्न सकिने आश्वासन राजपाका नेताहरुलाई दिएका छन । उनले आफ्नो भनाईमा विश्वस्त हुन आग्रह गर्दै त्यसका लागि प्रदेश २ मा कांग्रेसले उम्मेदवार नै तय नगर्नेसम्म वताएको कांग्रेसका नेताले बताएका छन । देउवाले राजपाका नेताहरुलाई प्रदेश २ को चुनाव तेस्रो चरणमा गर्न सकिने वताएपछि राजपाका नेताहरुले प्रदेश ५ मा पनि चुनाव स्थगित गर्न माग गरेका थिए ।

भित्रभित्रै यस्तो तयारी भइरहेको खुलाशा माओवादी नेता नारायणकाजी श्रेष्ठले गरेका छन । उनले सामाजिक सञ्जालमा मा आशंका व्यक्त गर्दै लेखेका छन‘प्रदेश नम्बर २ र ५ नम्बर प्रदेशको निर्वाचनको मिति सार्ने कतै कसैको सहमति अनुरुप भएको होइन होला भन्ने आश गरौं ।


यता यस्कै उपज हो,उपप्रधानमन्त्री विजय कुमार गच्छदारको पछिल्लो अभिव्यक्ति हिजो विराटनगर पुगेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणका लागि सार्न सकिने अभिब्यक्ति दिएका थिए ।

यता प्रधानमन्त्री देउवाले भने चुनाव सार्ने विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग  सम्पर्क गर्न खोजिरहेका भए पनि ओलीले समय नदिँदा प्रधानमन्त्री देउवा अलमलमा छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice