सर्वाेच्च अदालतले जारी गर्यो यस्तो कडा उर्दी

सर्वाेच्च अदालतले दश बुँदे परिपत्र जारी गर्दै न्यायधीश र कर्मचारीहरुमा कडा उर्दी जारी गरेको छ । न्यायाधीश, कर्मचारी तथा अदालतमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा सर्वोच्च अदालतले प्रतिवन्ध लगाएको हो । सर्वोच्चद्धारा जारी गरिएको उक्त दश बुँदे परिपत्रमा न्यायपालिका र न्यायिक काम कारबाहीमा समेत असर पर्नेगरी कुनै पनि टिकाटिप्पणी नगर्न पनि निर्देशन दिएको छ ।

सर्वोच्चको निर्देशन सबै मातहतका अदालत र न्यायाधीकरणमा लागू हुनेछ ।उक्त निर्देशन विपरीत काम गरे कारबाहीको अधिकार पनि सम्वन्धित कार्यालय प्रमुखलाईनै दिइएको छ ।

सर्वोच्चको गत जेठ १९ गतेको निर्णय बमोजिम सामाजिक सञ्जाल प्रयोग निर्देशिका जारी गरिएको हो । न्यायाधीश आचारसंहिता, निजामति सेवा ऐन, निजामति सेवा नियमावली, राष्ट्रसंघको मिलान घोषणापत्रमा उल्लेखित न्यायाधीश र कर्मचारीले पालना गर्नुपर्ने पदीय र पेशागत मर्यादा अनुसार आचारसंहिता जारी गरिएको हो ।

कार्यालय समयबाहिर न्यायाधीश र कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गर्दा पदीय मर्यादा ख्याल गर्न निर्देशन दिइएको छ । न्यायपालिका र न्यायाधीशको काम कारवाहीमा आँच आउने भ्रम सिर्जना गर्ने र राजनीतिक उदेश्य प्राप्तिका प्रचार सामाग्री शेयर नगर्न पनि सर्वोच्चले निर्देशन दिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice