सत्तापक्ष भएरै राजपाको आन्दोलन, आमहड्तादेखि लाठी जुलुससम्म

काठमाडौं । केही दिनअघि मात्र सत्तारुढ दल बनेको राष्ट्रिय जनता पार्टीले सरकारबिरुद्ध आन्दोलन गर्ने भएको छ । राजपाले सरकारबिरुद्ध आमहड्तादेखि लाठि जुलुस समेत निकाल्ने उद्घोष गरेको छ ।
आइतबार विहान कांग्रेस माओवादी केन्द्रसँगको वार्ता असफल भएपछि राजपाले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । २९ जेठदेखि १४ असारसम्म सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरु निर्वाचनबिरुद्ध लक्षित छन् ।
आइतबार राजधानीको बिजुली बजारस्थित राजपाको पार्टी कार्यालय अध्यक्ष महन्थ ठाकुरले आन्दोलनका कार्यक्रम सार्वजनिक गरे । राजपाले २९ जेठमा सदरमुकाममा मसाल जुलुस, ३० र ३१ गते मधेस र थरुहट क्षेत्रमा आम हड्ताल, असार १ र २ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकामा र निर्वाचन कार्यालयमा तालावन्दी गर्ने भएको छ ।
त्यसैगरी ३ र ४ गते मधेस आन्दोलनका सहितको तस्विरमा माल्यार्पन गर्ने, सहितको तस्विर राखी मोटरसाइकल र्याली गर्ने, ५ गते लाठी जुलुस, ६ देखि १४ गतेसम्म निर्वाचन बिथोल्न कार्यक्रम र १० गतेदेखि अनिश्चितकालिन आमहड्ताल गर्ने राजपाले निर्णय गरेको छ ।
सरकारबिरुद्ध आन्दोलन थालेपनि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् । ‘अहिले नै त्यो सोचेका छैनौ, आवश्यक परेपछि समर्थन फिर्ता लिन्छौ’ राजपा नेता राजेन्द्र महतोले भने ।

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice