कार्यकर्तालाई ओलीको निर्देशन : धनुषबाट छुटेको बाँण बन्नु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १४ पछि कांग्रेस र माओवादी केन्द्रका नेताहरुले मुटु थाम्न नसक्ने बताएका छन् । चुनावी सभालाई सम्वोधन गर्न बाँकेको नेपालगन्ज पुगेका ओलीले असार १४ पछि आउने निर्वाचनको परिणामले कांग्रेस र माओवादी केन्द्रका नेताहरुको मुटुमै चोट लाग्ने बताए ।

‘मधेसमा एमाले बढारिन्छ भन्नेहरुलाई मेरो केही भन्नु छैन, मत गन्न थालेपछि थाहा हुनेछ एमाले बढारिन्छ कि बढार्छ’ ओलीले भने ‘२ नम्बर प्रदेशमा एमाले कमजोर छ भन्ने हल्ला फैलाइदैछ असार १५ पछि मुटु थाम्न गाह्रो छ ।’ उनले सवै प्रदेशमा एमालेले जित्ने दावी समेत गरे । उनले मतपत्र च्याप्ने कांग्रेस माओवादी केन्द्रलाई भोट नदिन आग्रह समेत गरेका छन् ।

 

ओली कांग्रेस र माओवादी केन्द्रप्रति आक्रोसित मात्र होइन आफ्नै पार्टीका नेता कार्यकर्तालाई पनि कठा निर्देशन दिए । ‘उम्मेदवारीमा असन्तुष्टि राखेर एमालेले एमालेलाई नै हराउने छुट छैन’ ओलीले भने चुनाव जितेपछि गुनासाहरुको सुनुवाई हुन्छ र असार १४ पछि पनि घाम लाग्छ, ।’ ओलीले पार्टीलाई चुनाव जिताउनका लागि दिनमा ३र४ घण्टामात्र सुत्ने गरेको भन्दै कार्यकर्तालाई पनि चुनावसम्म गर्मी झेलेरै चुनावमा खटिन निर्देशन दिए । ‘तपाईहरु धनुषबाट छुटेको बाँण बन्नुहोस, म मुल्याङकण गर्छु ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice