राजपालाई चुनावमा ल्याउने सरकारको प्रयास असफल

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तिम कसरत असफल भएको छ । आइतवार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अघिको अन्तिम छलफलका लागि राजपा नेताहरुलाई सिंहदरवार बोलाएका थिए ।

विहान १० बजेदेखि सत्तापक्ष दल र राजपाबीच छलफल भएको थियो । करिव अढाई घण्टा भएको छलफलमा कुनै निस्कर्ष निस्किन सकेन । राजपा नेताहरुले संविधान संशोधन नभएसम्म निर्वाचनमा नजाने अडान कसे भने सत्ता पक्षले निर्वाचन लगतै संविधान संशोधन गर्ने आश्वासन दियो ।

शनिवार बसेको बैठकमा निर्वाचनको मिति सार्न राजपा नेताहरुले आग्रह गरेका थिए । तर सत्तापक्ष दलहरुले त्यसलाई पूर्णरुपमा अस्वीकार गरेका थिए । आइतबार पनि निर्वाचनको मिति सार्न र संविधान संशोधन प्रक्रियालाई अघि बढाउन राजपा नेताहरुले आग्रह गरेका थिए । आजपनि सत्ता पक्षिय दलहरुले निर्वाचनको मिति सार्न नसकिने बताए । त्यसपछि राजपा नेताहरुले प्रदेश नम्वर २ को मात्र निर्वाचन सार्न आग्रह गरेका थिए, त्यो पनि सत्ता पक्षले मानेन र छलफल निस्कर्ष बिहिन बन्यो ।

वार्ता निस्कर्ष बिहिन भएपछि राजपा नेताहरुले निर्वाचन लक्षित आन्दोलनका कार्यक्रम अघि बढाउने सत्तापक्ष नेताहरुलाई चेतावनी दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice