मतपत्र च्याप्ने कुकर्मको म मतियार बन्न सकिनः आयुक्त नरेन्द्र दाहाल

काठमाडौं । भरतपुरमा मतपत्र च्यात्ने माओवादी कुकर्मको पक्षमा निर्वाचन आयोगले निर्णय लिएपछि आयोगकै आयुक्त नरेन्द्र दाहालले सार्वजनिकरुपमै असहमति जनाएका छन् । भरतपुर महानगरपालिकाको १९ नम्वर वडामा पुन मतदान गर्ने निर्णय आयोगले लिएपछि चौतफी विरोध भइरहेका बेला आयुक्तले पनि असन्तुष्टी ब्यक्त गरेका छन् । आयोगले शनिबार भरतपुरको मतगणनाका क्रममा मतदान स्थल कब्जा भएको ठहर गर्दै वडा नं १९ को मतदान बदर गर्दै पुनःमतदान गर्ने निर्णय गरेको थियो ।

पुन मतदान गराउने उदेश्यले मतपत्र च्यात्ने काम भयो तर आयोग त्यसको मतियार बन्न नहुने तर्क राखे तर केही साथीहरु पुन मतदानकै पक्षमा उभिए, उनले भने म त्यो नियतिको मतियार बन्न सकिन ।
आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव पुन मतदानकै पक्षमा उभिएपछि अन्य आयुक्तहरु समस्यामा परेको बताएका छन् । आयोगका सचिव गोपी मैनालीले समेत पुन मतदानमा जाँदा दोस्रो चरणमा निकै समस्या आउने बताएपनि मुख्य आयुक्तले आफ्नो अडान छाडेनन् ।

आयोगको निर्णयपछि नेकपा एमालेको आकस्मिक बैठक बसेको थियो । एमालेले आयोगको निर्णयबिरुद्ध अदालत जाने र संसद चल्न नदिने निर्णय गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice