‘यही माटोमा म केही गर्छु भन्नेलाई निरुत्साहित पार्नेहरुको जमात ठूलो छ’

प्रा.डा. बिहारी विनोद पोखरेल
प्राचार्य,ट्रिटन कलेज
नेपालको शैक्षिक क्षेत्रमा प्रा.डा बिहारी विनोद पोखरेल सुपरिचित नाम हो । विगत साढे चार दशकभन्दा बढी समय देखि शिक्षण पेशामा संग्लग्न उनी वि.स.०३० साल देखि ७३ सालसम्म अर्थात जीवनका उर्जाशील ४३ बर्ष  त्रिभुवन विश्वविद्यालयमा प्रध्यापकको रुपमा काम गरे । बीचमा उनी नेपाल कर्मस क्याम्पसको क्याम्पस प्रमुख बने । प्रा डा पोखरेल नेपालको चार्टस एकाउन्टेन्ट इन्सिच्युटको पहिलो काउन्सिल मेम्बर समेत हुन ।
यस अगाडि झण्डै दर्जन कलेजहरुको प्राचार्य रहेर काम गरिसकेका उनैले हो ग्लोबल कलेज,प्रिमियर लगायतका कलेजहरुको नामाकरण गरेका । उनको व्यस्तात कस्तो छ भने, एक दर्जन विद्यार्थीले उनको निगरानीमा पिएचडी गरिसकेका छन भने दर्जन बढी विद्यार्थी पिचएडी गर्दैछन । यी सबै व्यस्तताका वावजुत सबै तिरका अनुभवलाई बटुलेर विगत केही समय देखि उनी ट्रिटन कलेजका प्राचार्यका रुपमा सक्रिय छन । ट्रिटन कलेजले यही जेष्ठको २४ र २५ गते साइन्स एक्स्पोको आयोजना समेत गर्दैछ । सोही एक्पोको सेरोफेरामा रहेर एस काठमाडौंका प्रतिनिधिले उनीसँग गरेको कुराकानीको अंश

० ट्रिटन ‘साइन्स एक्स्पो’ २०७४ को विशेषता के के हुन ?
ट्रिटन कलेजले विगतका वर्षहरुमा पनि यस्तै प्रकारको प्रर्दशनीहरु गरिसकेका छ । यो यसैको निरन्तरता हो । कलेजले हालसम्म विज्ञानको क्षेत्रमा गरेका अनुसन्धानलाई बाहिर देखाउने उदेश्यले यस प्रकारको एक्स्पोको आयोजना गरिएको हो । अहिले भएका अत्याधुनिक प्रविधिहरुलाई समेटेर विज्ञानका विद्यार्थीहरुका लागि पठन पाठनमा समेत मद्धत पुर्याउने उदेश्यले विभिन्न विषयवस्तु रसायनशास्त्र,भौतिकविज्ञानको क्षेत्रमा विद्यार्थीहरुले गरेका विकासका कार्यहरु,प्राटिकल ल्यावमा उनीहरुले बनाएका नयाँ अविष्कारहरु प्रर्दशन गर्न खोजेका हौं । ता कि नयाँ आउने विद्यार्थीहरुलाई कलेजका विषयमा पनि जान्न पाउन र विज्ञान तथा प्रविधिको विषयमा केही भए पनि ज्ञान हासिल गरुन भन्ने हाम्रो उदेश्य हो । यसरी प्रदर्शनी आयोजना गरिँदा विद्यार्थी तथा अभिभावकहरुमा एक प्रकारको वौद्धिक विकास पनि होस भन्ने हेतुले यो प्रर्दशनीको आयोजना गरिएको हो ।
० साइन्सलाई फोकस  गर्नका कारण ?
स्कुल देखि प्लस टु व्याचलर, मास्र्टसका कार्यक्रम पनि सँगै लैजान चाहेको हौ । हिसान मेलामा हामी पनि स्पोन्सरको रुपमा छौं । हिसान मेला प्रति आकर्षण गतवर्षभन्दा धेरै देखिएको छ । उच्च शिक्षा अध्ययनरतहरुका लागि ठूलो अवसर हो जहाँ एउटै मेलामा धेरै विषवस्तुको ज्ञान हासिल गर्न सकिन्छ । पछिल्लो समयमा विद्यालयमा केही सुधार गर्नु आवश्यक छ । विद्यालय तहको अध्ययनका लागि विदेश जाने क्रम समेत देखिन थालेको छ । त्यसलाई रोक्नका लागि सक्षम स्तरीय विद्यालयहरु नेपालमै छन भन्ने अभिवाकहरुलाई बुझाउन पनि आवश्यक छ । हामीले अभिभावकहरुलाई कुनै पनि विषय पढ्नका लागि बाहिर जान पर्ने अवस्था छैन बुझाउन खोजेका पनि हौं । सम्पूर्ण कुरा स्तरीय रुपमा हामी दिन सक्षम छौं । ट्रिटन त्यसमध्य एउटा कलेज हो । हामीकहाँ कक्षा एक देखि स्नातकसम्मको अध्ययन हुँदै आएको छ । हाम्रो अहिलेको यो गतिविधीले सो बारेमा त्यो जानकारी प्रदान गर्नेछौं ।

प्रा.डा. बिहारी विनोद पोखरेल
प्राचार्य,ट्रिटन कलेज

० आकर्षण चाहिँ के के हुन्छ ?
नयाँ अविष्कार,नयाँ उत्पादनहरु प्रर्दशनीमा हुन्छन नै । त्यस्का अलवा,केमिकलको प्रयोगबाट बातावरणीय समस्या झेल्नुपरेको छ । त्यसबाट बच्ने ज्ञान पनि पाउन सक्छौं । हामीले आफू स्वच्छ र स्वस्थ भएर बाँच्ने विषयमा पनि ज्ञान पाउनेछौं । प्लस टु तहमा वैज्ञानिकहरुले नै गर्ने तहमा इनोभेसन हुन्छ त म भन्दिन । त्यसका लागि विज्ञान मन्त्रालय, नाष्ट लगायतका अरु निकाय छन । तिनीहरुले गर्ने काम प्रति हाम्रो असन्तृष्टी होइन । तर शिक्षाको क्षेत्रमा भएका रसायनशास्त्र,भौतिक विज्ञान,जीव विज्ञान लगायका क्षेत्रमा विद्यार्थीहरुले बनाएका नयाँ नयाँ अविष्कारहरु देख्न् सकिन्छ । यस्का अलवा वायू प्रदुषणलाई कसरी रोक्न सक्छौं,समाज र देशका लागि के गर्न सक्छौं । उच्च शिक्षामा समहाहित हुने विद्यार्थीहरुलाई जानकारी गराउने प्रयास गर्ने छौं । समाजप्रति उत्तरदायि बनाउने एउटा प्रयास पनि हो । यो प्रर्दशनी सकिएसँगै विद्यार्थीमा भएका विशेष प्रतिभालाई हेरेर ट्यालेन्ट हव आयोजना गर्दछौं । त्यसका लागि छुट्टै कार्यक्रम राखेका छौं ।
० कतिसम्म स्टल रहन्छन,कतिको सहभागिता रहने अनुमान गर्नुभएको छ ?
हामीले प्राय ठूला कलेजहरुलाई भाग लिनका लागि आमन्त्रण गरेका छौं । अहिले नै झण्डै चार हजार बढी विद्यार्थीले कलेज भ्रमण गरेर गइसकेका छन । त्यो अवधीमा झण्डै पाँच हजार अवधी गर्नै अनुमान छ ।

 ० अन्य कलेजको तुलनामा ट्रिटन के कुरामा भिन्न छ ?
हरेक कलेजहरुले दावा गर्छन हामी स्तरीय शिक्षा दिन्छौं । कलेजहरुमा कतिपय कुरामा एकरुपता छ,पाठ्यसामाग्री एउटै हो । त्यहाँ शिक्षक फरक पर्न सक्छ । शिक्षकले पढाउने तरिका केही फरक पर्न सक्छ ।
हाम्रो विशेषता हो यहाँ भएका प्रतिभाहरुको खोजी गर्ने र तिनको प्रतिभा प्रष्पुटन गराउने । अहिले विद्यार्थीहरुमा देखिएको सबैभन्दा ठूलो दोष उनीरहमा बोल्ने क्षमताको ह्रास । हामीले विद्यार्थीलाई राम्रोसँग बोल्ने क्षमता विकास गराउछौं । फोकस त्यसैमा दिइरहेका छौं ।
२१ औं शताव्दीमा हामीले शिक्षण विधिलार्य पनि रुपान्तरण गरेका छौं । पठन पाठनका लागि चाहिने सबै सुविधा सस्तो शुल्कमा उपलव्ध गराएका छौं । हामीलाई आवश्यक पर्दा मल्डिमिडियाको व्यवस्था गरेका छौं । हाम्रो धेरै जसो कोठा वातावरण अनुकुलित छ ।
हाम्रो कलेजले राम्रो शिक्षा दिएका छौं भन्ने समाजमा छाप परिसकेको छ । विद्यालय सुधारका लागि गतवर्ष नै हामीले व्यवस्थापक परिवर्तन गरेका छौं । हरेक तहको पढाईलाई व्यवस्थित गर्नका लागि विषयतहको शिक्षकको अध्यक्षतामा कमिटिहरु राख्ने,प्रोग्राम को अर्डिनेटर अलग अलग राख्ने,ती सबै कुरालाई भाइस प्रिन्सिपलले निगरानी गर्ने,त्यसलाई निर्देशकले निर्देशन गर्ने र अन्तमा यी सबैको निगरानी प्राचार्यले राख्ने । ट्रिटन कलेजले सकरात्मक विकासको सोचमा कन्ट्रुव्युट गर्न सकोस भन्ने उदेश्यले हाम्रो धारणामा आधारित रहेर हामीले भन्ने गरेका छौं ।

०  नेपाल विज्ञानको क्षेत्रमा पछाडि पर्नुको कारण के ठान्नुहुन्छ ?
विज्ञानको क्षेत्रमा विकास नहुनुको कारण उचित लगानी नभएर पनि हो । अग्रजहरुले दिशा नै पहिल्याउन सकेनन् । धेरै पछाडि मात्र रोनाष्ट,विज्ञान मन्त्रालय जन्मियो । हामी कहाँ प्रेटोलियम पर्दाथ,ग्यासको भण्डारण छ भन्ने कुरा आइरहेको छ । तर राजनीतिक अठोठ छैन । व्यवस्थापनको पाटोमा कमजोरी भइदिँदा संस्थाबाट यथेष्ट उपलव्धी हुन सकेको छैन ।
० तर हाम्रा वैज्ञानिकहरु ‘जागिरे मानसिकताबाट’ ग्रस्थ भए भन्ने आरोप पनि लाग्ने गर्छ ? एउटा प्रोफेसरको नाताले के भन्नुहुन्छ ?
हो,वैज्ञानिकहरु भन्दैमा इन्डिपेडेन्ट हुन सक्दैनन । हामी कहाँ त्यस्तो खालको वातावरण नै छैन । पहिलो कुरा वैज्ञानिकहरु जन्मने वातावरण श्रृजना हुनुप¥र्यो । त्यो छैन । भएका वैज्ञानिकहरु पनि पलायन हुनुपर्ने अवस्था छ । म यही माटोमा केही गर्छु भन्नेलाई निरुत्साहित पार्नेहरुको जमात ठूलो छ । जस्तो मेरो बहिनी डा उमा श्रीवास्तव । उनी पहिलो पटक नेपालमा नि सन्तान केन्द्र खोल्ने व्यक्ति । झण्डै जीवनका तीन दशकसम्म लामो अनुसन्धान गरेर सफलता हात पर्यो पनि । उहाँ अस्पलात खोल्ने भनेर लाग्न्नुभयो । पूर्व राष्ट्रपति डा रामवरण यादवसम्म पुग्नुभयो तर खै किन हो काम हुन सकेन । यस्तो छ हामी कहाँ विज्ञान तथा प्रविधिको हालत । यद्यपि हुँदै नभएका होइनन् । विज्ञान प्रवृधिको क्षेत्रमा केही काम भएको छ तर प्रर्याप्त छैन । जस्तोःगायकले म गीत मात्र गाएर बाँच्छु भन्ने अवस्था छैन । ठीक वैज्ञानिकको हालत पनि उस्तै छ । अनुसन्धान मात्र गरेर परिवार पालिने अवस्था छैन ।

One thought on “‘यही माटोमा म केही गर्छु भन्नेलाई निरुत्साहित पार्नेहरुको जमात ठूलो छ’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice