सितल निवासमा देउवा र प्रचण्डबीच सवाल जवाफ हुँदा केपी ओली मुस्कुराए

देउवाः मैले एमालेलाई सहमतिय सरकार गठनका लागि बोलाएको थिँए, तर केपीजीहरु आउनुु भएन । कांग्रेसले सहमतिय सरकार गठनको पहल नै गरेन भनेर आरोप लगाईराख्नु भएको छ ।

प्रचण्डः तपाईले एमालेलाई बोलाउने तरिका नै ठिक भएन । मेरो नेतृत्वमा सहमतिय सरकार गठन गर्ने हो, छलफलका लागि आउनुहोस भन्दा को आउँछ ? तपाईको तरिका मिलेन । जसका बिषयमा सहमति जुट्छ त्यसकै बिषयमा सहमतिय सरकार गठन हुने कुरा हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राष्टपति कार्यालय सितल निवासमा यस्तो सवाल जवाफ भएपछि छेउमै बसेका एमाले अध्यक्ष केपी शर्मा ओली मुस्कुराए । सानो कुराको पनि जवाफ दिने ओली यति बेला भने मौन बसे । देउवाको सवालमा प्रचण्डले नै जवाफ दिएपछि ओलीले जवाफ नै दिएनन् ।

प्रसंग हो बुधबार अपरान्न राष्टपति बिद्यादेवी भण्डारीले बोलाएको सर्वदलिय बैठकको । बैठकमा राष्टपति भण्डारीले नेताहरुले दलको नेतृत्व गरेपनि राष्ट र जनताको नेतृत्व सहमतिय आधारमा गर्दा राम्रो हुने प्रसंग उठाएकी थिइन । सहमति सरकार गठन गर्न राष्टपतिले आग्रह गरेपछि कांग्रेस सभापति देउवाले बैठकमा एमाले उपस्थित नभएको बताएका थिए ।

बैठकमा राष्टिय जनता पार्टीका नेता, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राप्रपा अध्यक्ष कमल थापा, माले महासचिव सीपी मैनाली सहभागि थिए । सवैले सहमतिय सरकार गठनका लागि आग्रह गर्न थालेपछि देउवा चुपचाप बसेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice