मतपत्र च्यात्ने माओवादीका लडाकुहरु एक लाख धरौटीमा रिहा

मतगणना जारी रहँदा मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा रिहा भएका छन ।भरतपुर महानगरपालिकको मतगणनाका क्रममा मतपत्र च्यातेको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरु आज एक् एक लाख रुपैयाँ धरौटमा रिहा भएका छन्।

चितवन जिल्ला अदालतले मतपत्र च्यातेको आरोपमा पक्राउ परेका मधुकर न्यौपाने र द्रोण शिवाकोटी जनही एक एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो।

न्यायाधीश वासु पौडेलको एकल इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

मुद्दामा सरकारतर्फबाट उदयचन्द्र अधिकारी र प्रतिवादीकातर्फबाट धर्मराज आचार्य, उद्वध लोहनी, गोपिलाल देवकोटा, इन्दु कोइराला, गोविन्द सिग्देल, खगराज कँडेल, श्रीराम दवाडी, लक्ष्मण अधिकारी र दीपक भट्टराईले बहस गरेका थिए।

जेठ १४ गते भरतपुर महानरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा मतपत्र च्यातेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
निर्वाचन ऐन अनुसार मतपत्र च्यात्नेहरुलाई दुई वर्ष कैद वा एक लाख जरिवाना गर्न सक्ने कानुनी प्रवाधान छ ।

यो पनि पढ्नुहोस

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता, कारवाहीमा एसपी दिपक थापा !

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice