जहाँ पायो त्यही बाट बाटो काट्न खोज्दा प्रहरीको फन्दामा परे ठूलै नेता,दुई सय तिरेर टाप

जहाँ पायो त्यही बाट बाटो काट्न खोज्दा बुधवार एक नेता प्रहरीको फन्दामा परेका छन । मंगलवार देखि सुरु भएको प्रहरीको यो अभियानको क्रममा बुधवार जनमोर्चाका पार्टीका अध्यक्ष प्रहरीको फन्दामा परेका हुन ।

सर्वसाधरणलाई प्रहरीले समाउनेक्रम तिव्र पारेको छ । यसरी समाएर दुई सय रुपैंया जरिवाना तिराउने र साथमा दुई सय नभए तीन घण्टासम्म प्रहरी चौकीमा लगेर लैजाने क्रम जारी रहँदा वानेश्वरमा बुधवार रमाइलो दृश्य देख्न पाइयो । प्रहरीको कारवाहीको क्रममा सर्वसाधरण मात्र होइन एक जना नेता नै प्रहरीको फन्दामा परे ।
आज मात्र बानेश्वरमा ट्राफिक प्रहरीले जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीलाई पक्राउ गरेर दुई सय रुपैंया जरिवाना लगाएको छ । बिहान करिब साढे नौ बजेतिर भण्डारी बानेश्वरको कृष्ण सदन अगाडिबाट सडक पार गरेर एभरेष्ट बैंकतर्फ जान खौज्दै गर्दा उनी प्रहरीको फन्दामा परेका हुन ।
प्रहरीले दुई सय मागे । भण्डारीले सयका दुईवटा नोट झिकेर दिए र बाटो लागे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice