‘अबको प्रतिष्पर्धा सत्ताका लागि होइन सुशासनका लागि हुनुपर्दछ’ : रञ्जु दर्शना

राजनीतिक रंगमञ्चमा उति नदेखिएकी रञ्जना न्यौपाने (रञ्जु दर्शना ) को नामले यसपटकको पहलिो चरणको निर्वाचनमा यसरी छाइन कि उनी ‘टक अफ दी टाउन ’ नै बनिन् । विवेकशील नेपालीको तवर्फबाट उनी काठामाडौं महानगरपालिकोको मेयरको प्रत्यासी बनाँउदा उनले २३ हजार चार सय ३९ मतसाथ आफूलाई तेश्रो उपविजेताको रुपमा उभ्याइन । जबकी उनले भन्द्या कम मतका साथ राप्रपा,माओवादी केन्द्र,नयाँ शक्ति,नेमकिपा जस्ता स्थापित शक्ति समेत पराजित भए । न कुनै राजनीतिक पृष्ठभूमि,न इतिहास । यद्यपि रञ्जुले कसरी यत्रो मत ल्याइन । उनीसँगै निर्वाचनकै सेरोफेरामा रहेर गरिएको कुराकानीको अंश

० तपाईले पाउनुभएको मतलाई आफैंले विश्लेषण गर्दा के भन्नुहुन्छ ?

निर्वाचन अगाडि हामी एउटा जन्जिरमा थियौं । संसदीय दलहरुलाई मात्र चुनाव चिन्ह दिने तर दर्ता भएका अन्य संसद बाहिरका दललाई चुनाव चिन्ह नदिने निर्वाचन आयोगले निर्णय ग¥र्यो । पहिला देखि नै हामीले जुन चिन्हको प्रचार प्रसार गरिरहेका थियौं,सो चिन्ह पाएनौं । पहिलो त चुनाव चिन्हकै लागि संर्घष गर्नुप¥र्यो । दोश्रो स्वतन्त्र रुपमा चुनाव लिने मिति समेत दुई दिन पर धकेलियो जस्ले गर्दा हामीलाई घरदैलो कार्यक्रम गर्ने समय झनै घट्यो । हाम्रो चुनाव चिन्ह यो हो है भनेर हामीले आफूले सक्ने जति ग¥र्यौं । निर्वाचनकै दिन कतिपय मतदाताहरुले तपाईहरुलाई मत दिन त मन थियो तर चुनाव चिन्ह नै थाहा पाइएन भन्दा मन एकदमै पोल्यो । अहिले जुन नतिजा आयो,यो नतिजाबाट हामी खुसी छौं । हामीले मतसँगै जनताको मन पनि जितेका रहेछौं । हामी यो मन र मत दुबैको सम्मान गर्दै अगाडि बढ्छौं ।

 तपाइहरु अहिलेसम्म काठमाडौंमै सीमित हुनुभयो । अर्काे चरणमा कहाँ कहाँबाट लड्दै हुनुहुन्छ ?

दोश्रो तहको निर्वाचनमा हामी झापाबाट लड्दैछौं । हाम्रो संगठन पूर्व र पश्चिमको केही जिल्लामा विस्तार भएको छ । पहिलो चरणको निर्वाचन सम्पन्न भएपश्चात साथीहरु एक्साइटेड हुनुहुन्छ । झापा दमक ३ बाट दधिराम ढकालले अध्यक्षका लागि उमेद्धारी दिनुभएको छ । झापा २ मा पनि तयारी छ । हामी आफैं जिल्ला भ्रमण पनि गर्दछौं यहाँँको अनुभव वाड्न ।
० काठमाडौंबाट कति भोट ल्याइएला भन्ने आश थियो ?
निर्वाचनमा भाग लिने जो कोहीको पनि जित्छु नै भन्ने अपेक्षा त हुन्छ । हामी जित्नका लागि मैदानमा आएका हौं । जति जनाले हामीलाई मत दिनुभयो त्यो जेनुयन मत थियो । नेपालमा एक छापे मत हाल्नेहरुकै संख्या बढी देखियो । मैदानमा २८ प्रतिष्पर्धी थिए मेयरका लडाँइमा । यसरी बाँडिदा बाँडिदै पनि जुन मत ल्यायौं । यस्लाई सम्मानपूर्वक पाएको मत ठानेका छौं । झण्डै २३ हजारको मन जितेर हामीले मत पायौं । यो यूगको समस्या सामाधान गर्न यही यूगका प्रतिनिधि आउनुपर्दछ भनेर हामीलाई उहाँहरुले रोज्नुभयो । काठमाडौंमा जब जब सकरात्मक परिवर्तन खोजेर हामीलाई मन पराउनुभएको हो । ठूला दलहरुलाई हामीले अहिलेसम्म ड्राइभिङ सिटमा राख्यौं उहाँहरुकै कारण मुलुक यस्तो अवस्थामा पुगेको वितृष्णाका कारण पनि हामीले यो मत पायौं ।
० मेयरका २८ दलमध्य २५ उमेद्धारको जमानत जफत भयो । तपाइ तेस्रो हुनुभयो । सम्झदा मन कतिको भरंग हुन्छ ?
धेरै । एक त मत पाएर एक्साइटेड अर्काे हामी तपाइहरुलाई साथ दिइ नै रहन्छौं काम गर्दै जानुहोस भन्ने जनचाहना भेटियो । २८ प्रतिष्पर्धीमध्य एमाले,काग्रेस,माओवादी,हामी र साझा यी दलबीच कडा टक्कर देखिएको हो । नेपाली राजनीतिमा के संकेत भइरहेको छ भन्ने पनि यो मतबाट प्रष्ट हुन्छ । जनताले सुशासन खोजिरहेका छन । अबको प्रतिष्पर्धा सत्ताका लागि होइन सुशासनका लागि हुनुपर्दछ र हुन्छ । हामीले म्यान्डेट नै लिएका छौं ।
० चुनाव भन्ने चिज के रहेछ ?
हरेक पार्टीले भाषणमा यूवालाई महत्व दिए पनि तिनलाई नेतृत्व तहमा पु¥याउने कुरामा चुकेको देखियो । यूवालाई नेतृत्वमा पु¥याउन हामी चुकिरहेका छौं । घरदैला कार्यक्रममा जाँदा धेरै आमा बुवाहरुले अंगालो हालेर रुनुभयो । यसबाट पनि हाम्रो मनोवल बढ्दै गयो । दुईवटा समूह यथावत नै छ एउटा वैकल्पिक खोज्नुपर्दछ भन्ने छ र अर्काे एकछापे प्रवृत्ति । उमेद्धार को हो भन्ने थाहा नभए पनि एक छापे हान्दिने । उमेद्धार नै नउठेको ठाँउमा पनि भोट हालिएको भेटियो । जस्तो एमालेको उमेद्धार नै नभएको ठाँउमा पनि मतनादन गरिएको भेटियो । यद्यपि अबको पाँच÷दश वर्षसम्म वैकल्पिक शक्ति÷उमेद्धार खोज्नेहरु वढ्दै जानेछन ।


० निर्वाचनमा भाग लिँदा ‘हार्नका लागि किन भाग  लिन्छ्यौं  भनेर हतोत्साहित गर्नेहरु पनि भेटिए ?
धेरै भेटिए । सय भोट पनि कटाँउदैनन नानी । ख्याल ठट्याका लागि होइन चुनाव भन्नेहरु भेटिए । तर मचुप लागेर बसे । भोटले उहाँहरुलाई चुप लगाउँछ भन्नेमा विश्वस्त थिए ।
० तपाईलाई ‘भोट दिन्न’ भन्नेहरु पनि निस्किए होलान ?
हामी नेपालीको बानी यस्लाई राम्रो भनौं वा नराम्रो जस्लाई पनि हुन्छ/हस भन्ने । कोही पनि तिमीलाई म भोट दिन्न भन्ने निस्किएनन ।
० कतिपयले नाम चलाउनका लागि मात्र रञ्जु दर्शना निर्वाचन लडेको हो भन्ने टिप्पणी पनि सुन्न पाइन्छ । वास्तविकता के हो ?
यो टिप्पणी म निर्वाचनमा लडिरहँदा गरिएको टिप्पणीसँग मेल खान्छ । विवेकशील पार्टी निर्वाचनमा भाग लिनकै लागि भनेर निर्वाचनको मुखमा खोलिएको पार्टी होइन । गर्न सक्छौं भनेर शान्तिपूर्ण र भद्र आन्दोलन गर्दै हामी अगाडि होमिएका हौं । फिल्डमा काम गरिरहेका छौं । नतिजाजस्तो आए पनि हामी काममा भिज्ने छौं । काठमाडौंमा अझै सक्रिय रहने छौ । टिप्पणी गर्न अधिकार सबैलाई छ । आज हामी माथि क्षुद्र टिप्पणी गर्नेहरुको जवाफ हामी कामबाटै फर्काउनेछौं ।
० बाँकी जीवन राजनीतिमा भिज्नुहुन्छ वा व्यापार व्यवसायमा होमिनुहुन्छ ?
अहिलेसम्म हाम्रो जेनेरेसनमा राजनीति भनेको फोहोरी खेल हो भन्ने भाव नै थियो तर अहिले मान्छेहरुमा आशाको सानो दियो बलेको छ । हामी जस्ता यूवाहरु पनि राजनीतिमा आउनुपर्दछ भन्ने परेको छ । अब हामी नगरवासीको साथी बन्छौं । अवको पाँच वर्ष महानगरवासीको पुलको रुपमा राजनीतिलाई समाजसेवाको रुपमा अगाडि बढाउन चाहन्छौं ।
० कुनै पूरानो पार्टीबाट उठेको भए जितिने रहेछ भन्ने लागेन ?
पक्कै पनि लागेन । सम्भावाना पनि भएन । पूरानो पार्टीमा धेरै यूवाहरु प्रत्यासी थिए । टिकट नपाएर वागी उठेको पनि देखियो । ती पार्टीमा उमेद्धार नेताको खल्तीबाट बनाइएको देखियो तर विवेकशीलमा खुल्ला उमेद्धार नीति बनाएका हौं । त्यही नीति अनुरुप, गर्न सक्छु उमेर पुग्छ भनेर उमेद्धारी दिएको हुँ । जुरीले छानेर मलाई उमेद्धारी बनाइयो । बहुदल त आयो भनियो । बहु दल त भयो तर चाकरी संष्कृति फेरिएन । गणेशहरुले मात्र टिकट दिने, नेताहरुको मनस्थिती फेरिएन ।


० संविधानसभाको निर्वाचनमा तपाईहरुको पार्टीबाट उज्ववल थापा लड्नुभएको थियो । उहाँले हजार हाराहारीको मत ल्याउनुभयो । अहिले दल त्यही हो तर पात्र फेरियो । तपाई चुनावमा भीड्दा झण्डै २३ हजार मत आयो । पात्र फेरिदैमा यत्रो फरक कसरी ?
उज्ज्वलजीहरु उठ्दा पार्टी दर्ता भएको थिएन । स्वतन्त्र उमेद्धारी थियो । क्षेत्र नम्बर ५ बाट ११६५ मत पाएको थियो विवेकशील । विवेकशील नेपालीको स्कुलिङ नै सुशासन सहितको फूल रोप्ने राजनीति गर्नुपर्दछ भन्ने स्कुलिङबाट हामी आएका हौं । यो समयमा यो पदका लागि डिमाण्ड भएका कुरा रञ्जु दर्शनाबाटै पूरा हुने भएर होला यति धेरै माया,यति धेरै विश्वाश पाएको ।
० परिवारको कतिको सहयोग थियो निर्वाचनमा ?
त्यस्तो भएन,धेरै सहयोग भयो । मामाहरुले धेरै सहयोग गर्नुभयो । मत मागिदिनुभयो । सल्लाह सुझाव दिनुभयो ।
० निर्वाचनको मुखमा यहाँले जुन भाषण गर्नुभयो त्यो भाइरल बन्यो । यहाँ देउवा प्रचण्डप्रति बढी नै आक्रामक र केपी ओली प्रति रक्षात्मक रुपमा प्रस्तुत हुनुभयो भन्ने गरिन्छ । वास्तविकता के हो ?
केपी ओलीप्रति रक्षात्मक देखिएको,ओलीसँग जोडिएका समाचारहरु भ्रामक शिवाय केही होइन । ओलीलाई त्यसमा किन जोडिएन भने त्यो कर्तुत गर्ने पात्रहरु नै देउवा र प्रचण्ड थिए । त्यहाँ केपी ओलीको संग्लगनता नै थिएन । पूरै भाषण हेर्नुप¥र्यो । मान्छेले गरेका कर्तुत निच भन्दा निच थियो । सानो गौचरनामा पुन भाषण गर्दा शव्द चयनमा ध्यान दिनेछु भनेको पनि हुँ । जुन वदमासी देखाइयो रातारात महाभियोग जोक बनाइयो । फेसन बनाइयो । त्यसमा सतर्क हुन आग्रह गरेको हो । मलाई कतिले एमालेले उठाएको भन्ने आरोप लाग्यो । मत काट्न उठाइएको आरोप लाग्यो । मत कसैको पेवा होइन । मत नकाट्ने काम आफै गर्नुस । एमालेसँग विवेकशीलको कुनै रिलेसनसीप छैन । हामी डेमोक्रेटिभ हौं । यो कुरा पनि स्पष्ट पार्न चाहन्छौं । त्यसमाथि रञ्जु कसैले उठाएर उठ्ने होइन,थचारेर थचिने मान्छे पनि होइन । मेरो राजनीतिक यात्रा विवेकशी बाट सुरु भएको हो । यस्ता हावादारी कुरा विना प्रमाण लेखिँदा खिन्न महसुुस हुँदो रहेछ ।
० चुनाव लड्नकै लागि ३० लाख खर्च गर्नुभयो यो पैसा कहाँबाट आयो ?
त्यो वडा अध्यक्षहरु सहितको हो । सबैको गर्दा । मेरो मात्र खर्च ६ लाख हाराहारी छ । तर सात लाख नाघेको छैन । झण्डै ६१ लाख हाराहारीमा देश विदेशमा रहेका विवेकशीलका सहहृदयीहरुबाट आएको डोनेसनबाट,सदस्यता,नविकरणबाट उठेको पैसा हो त्यो । कति आम्दानी भयो कति खर्च भयो भन्ने पूर्ण विवरण चाँहि एक÷दुई दिन भित्रमा सार्वजानिक हुन्छ ।
० राजनीतिक भनेकै दुखद पेशा हो । यस्तो पेशामा के आकर्षण देखेर हामफाल्नु भो ?
राजनीतिलाई म अहिले नै दुख भनेर हिड्छु भने मलाई तनाव र स्टेस्ट थप्छ । राजनीति यस्तो कला हो देशलाई विशष्टि बनाँउछ । राजनीतिले सामाजिक परिवर्तन देखि सबै गर्न सकिन्छ भनेर होमिएको हुँ । म राजनीतिमा इन्जोय गर्दै होमिएको हुँ । आफ्नै टोलको बाटो दश वर्षसम्म पीच हुँदैन,आफ्नै आमाको नामबाट नागरिकता पाइदैन भन्ने यस्तै यस्तै चीजले घोचेर म राजनीतिमा होमिएको हुँ । केही परिवर्तन गर्न सकिन्छ कि भन्ने विशुद्ध सेवाको भावले होमिएको हुँ । केही पाँउला भनेर होइन ,। केही सुधार गर्न सकिन्छ कि भन्ने हेतुले ।

० रञ्जु न्यौपाने बाट दर्शना कसरी बनियो ?
दर्शनाको खासै अर्थ थाहा पाएर नाम राखेको होइन । बाल्यकालमा मामाघरमा दिदीहरुको नाम पूजा,अर्चना,बन्दना,आरति,प्रर्थना लगायतको थियो । उहाँहरुको नामसँग मेरो नाम मिल्दैनथ्यो । त्यही नाम मिलाउनका लागि दर्शना बनाइएको मामाघरको ठूली दिदीहरुले । यद्यपि आठ कक्षामा हुँदा यो नाम परिवर्तन गर्न सकिएन् त्यही कारण सर्टिफिकेट÷ नागरिकतामा यो नाम छैन । त्यहाँ दर्शना लेख्न नसकेपनि आफैलाई बुझाउनका लागि दर्शना लेख्छु ।

Related Posts
Don't miss it
Editors choice