एकाविहानै प्रधानमन्त्री प्रचण्ड किन पुगे राष्ट्रपति निवास ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समय पछाडि शितल निवास पुग्दैछन । त्यहाँ उनले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गर्ने कार्यक्रम तय भएको । प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार साढे ९ बजे प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री प्रचण्डले गत असार ९ गते राजीनामा गरेपछि राष्ट्रपति भण्डारीले सातदिन भित्र सहमतिको सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् । राष्ट्रपतिले दिएको सात दिनकोसमय सीमा आज सकिदैछ ।

यस्तो अबस्थामा प्रधानमन्त्री प्रचण्डले सहमतिको सरकार गठनको सम्भावना कम देखिएकाले बहुमतिय प्रक्रियाका लागि आव्हान गर्न राष्ट्रपतिसँग आग्रह गर्ने सम्भावना छ । राष्ट्रपतिले बहुमतिय सरकार गठनका लागि आव्हान गरेलगत्तै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया अगाडि बढाउने छ ।

काँग्रेसले हिजो आफ्नो नेतृत्वमा सहमतिको सरकार गठनका लागि सहमति जुटाउन भन्दै संसदमा प्रतिनीधित्व गर्ने दलहरुको सर्वदलीय वैठक आव्हान गरेको थियो । तर, काँग्रेसले बोलाएको वैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने सहभागी भएको थिएन् । काँग्रेसले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको गृहकार्य शुरु गरिसकेको छ । सोही विषयमा जानकारी गराउनका लागि प्रधामनन्त्री प्रचण्ड शितल निवास प्रस्थान गर्न लागेका हुन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice