सचिन तेन्दुलकरले क्रिकेट मैदानमा मात्र हैन बलिउडमा पनि धुम मच्चाए

काठमाडौं । क्रिकेट दुनियाका बादशाह मानिने क्रिकेटर सचिन तेंदुलकरलाई मास्टर ब्लास्टरको उपमा दिइएपनि भारतीय नागरिकहरुले उनलाई भगवानको दर्जा दिने गरेका छन् । तिनै मास्टर ब्लास्टर सचिनको जीवनमा आधारित फिल्मले बलिउडमा पनि घुम मच्चाएको छ ।

अन्तराष्ट्रिय क्रिकेटमा सचिन मैदानमा रहँदासम्म खेल जित्ने आशामा पुरा भारत पर्दथ्यो, सवै सचिन सचिन भनेर टिभिदेखि स्टेडियमसम्म कुर्लिने गर्दथे, जव सचिव आउट हुन्थे त्यसपछि पुरै निरासा छाउथ्यो । जसरी क्रिकेट मैदानमा उनले आफ्नो धुम मच्चाए, त्यसैगरी अहिले उनको जीवनमा आधारित सचिनः ए बिलियन ड्रीम्‍स’ फिल्मले धुम मच्चाएको छ ।

उनको जीवनमा आधारित फिल्ममा बाल्यकालका केही सिनहरु डुब्लीकेशन गरिएपनि अधिकाँस सिनहरु रियल लाइफकै छन् । उनको यो फिल्म डाक्यु ड्रामामा आधारित छ । तर उनको जीवनसँग जोडिएका विवादित बिषयहरु भने फिल्ममा देखाइएको छैन । आफ्नो घरको कोठामा सुन्ने गरेको म्यूजिकदेखि क्रिकेटको ड्रेसिङरुमसम्म उनी कसरी मस्ति गर्दथे त्यो सवै देखाइएको छ ।

फिल्ममा पत्नी अंजलीका बिषयमा पनि धेरै राज खोलिएको छ । बिवाहभन्दा पहिले सचिनले आफ्नो पहिलो रोजाई क्रिकेट भएको बताएका थिए । परिवारलाई समय दिन नसकेपछि उनकी पत्नी अन्जलीले फिल्मको एक सिनमा भनेकी छिन् ‘हामी सवैले यो कुरा स्वीकार गरिसकेका थियौ की सचिनका लागि पहिले क्रिकेट त्यसपछि त्यसपछि मात्र हामी प्राथमिकतामा पर्दथ्यौ ।

सचिनले कहिले आफुलाई भगवान र कहिले सैतानको रुपमा भारतीय जनताले आफुलाई हेरेको समेत बताएका छन् । सन् २००७ को विश्वकपमा पराजित भएपछि आफुहरुलाई अपराधी जस्तो ब्यवहार भएको उनले फिल्मै टिप्पनी समेत गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice