महरा र जनार्दन नयाँ सरकारमा मन्त्री बन्ने पक्का, शक्ति बस्नेत असन्तुष्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रभावशाली मन्त्री बनेका दुई नेता फेरी मन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा उप्रधानमन्त्रीसहित कृष्णबहादुर महरा र उर्जामन्त्री बनेर लोडसेडिड मुक्त गरेका जनार्दन शर्मा देउवा सरकारमा पनि मन्त्री बन्ने भएका छन् ।

कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा माओवादी केन्दको नेतृत्व महराले गर्ने भएका छन् । अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले महराको नेतृत्वमा पार्टी सरकारमा जाने प्रस्ताव पार्टी हेडक्वाटर बैठकमा पनि राखिसकेका छन् । उनलाई गृहमन्त्री बनाउने दाहालले योजना बनाएका छन् । महरासँग प्रभावशाली मन्त्रालय लिएर जनार्दन शर्मा पनि जाने भएका छन् । उनी उर्जामन्त्रीमै दोहरिन्छन् या अर्काे मन्त्रालय लिन्छन त्यो भने अझै तय भइनसकेको माओवादी केन्द्र स्रोतले बताएको छ ।

त्यसैगरी नयाँ सरकारमा नेकपा माओवादी केन्द्रबाट अग्नीप्रसाद सापकोटा, टोपबहादुर रायमाझी, हितराज पाण्डे, गिरिराजमणि पोखरेल, प्रभु साह, रेखा शर्माको नाम चर्चामा आएको छ । माओवादी केन्द्रले सरकारमा कति मन्त्रालय पाउने भन्नेमा अझै टुंगो नलागेका कारण मन्त्रीहरुको नाम पनि टुंगो लाग्न सकेको छैन । महरा र शर्माको नाम मात्र दाहालले अघि सारेका छन् ।

केही ब्यक्ति पटक पटक मन्त्री हुने तर कोही भने एक पटक पनि मौका नपाउने भन्दै शक्ति बस्नेत र टेकबहादुर बस्नेतले असन्तुष्टी पोख्न थालेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice