मृतक पाइलको शव काठमाडौं ल्याइयो, शव देखेर परिवाजन भावविह्ल

काठमाडौं । लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु भएका चालक र सहचालकको शव काठमाडौं ल्याइएको छ । सोलखुम्बुकोको लुक्ला विमान गोमा एयरको विमान शनिवार दुर्घटनामा परेको थियो । दुर्घटनामा परेपछि घाइते भएका चालक पारस राई र सहचालक सुजन मानन्धरको उपचारका क्रममा निधन भएको थियो ।
निधन भएका चालक राई र सहचालक सुजन मानन्धरको शव काठमाडौं ल्याइएको छ । मौसम खराव भएका कारण उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी गरेपनि हेलिकप्टर उडन नसकेका कारण सफल हुन सकेको थिएन । चालक र सहचालकको पासाङ ल्हामु अस्पतालमा मृत्यु भएको थियो ।

मृतक चालक र सहचालकको शव राजधानी ल्याएर आफ्न्तलाई बुझाइएको छ । शव बुझदा परिवाजन भावविह्ल बनेका थिए ।

One thought on “मृतक पाइलको शव काठमाडौं ल्याइयो, शव देखेर परिवाजन भावविह्ल
  1. पाइलट सेवा अति जोखिमपुर्ण सेवा हो त्यसैले सेवा समयमा अति सावधानिपर्वक सेवा दिन चालक साथिहरुलाई सल्लाह दिन चाहन्छु।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice