काठमाडौं महानगरपालिकामा एमालेका बिद्यासुन्दर बिजयी, भरतपुरमा कडा कटक्कर

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेका बिद्यासुन्दर शाक्य भारी मत अन्तरबाट बिजयी भएका छन् । मत गणना सुरु भएको १४ दिनपछि काठमाडौं महानगरपालिकाको मत गणना सकिएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका बिद्यासुन्दर शाक्य मेयर र उपमेयरमा नेपाली कांग्रेसकी हरीप्रभा खड्का बिजयी भएकी छिन् ।

काठमाडौं महानगरपालिकाको मतगणना सकिएपछि कुन उम्मेद्धारले कति मत ल्याए, त्यसको अन्तिम नतिजा बाहिर ल्याइएको छैन । बिजयी उम्मेद्धारहरु मतगणनास्थल राष्टिय सभागृहमा पुगिसकेका छन् । अबको केही समयपछि निर्वाचन आयोगले काठमाडौं महानगरपालिको अन्तिम नतिजा सार्वजनिक गर्ने भएको छ ।

मतगणना स्थल राष्टिय सभागृहमा एमालेका नेता कार्यकर्ता पुग्न थालेका छन् भने उपमेयरमा नेपाली कांग्रेसकी खड्का बिजयी भएपछि कांग्रेस नेता कार्यकर्ता पनि पुगेका छन् ।

त्यसै चितवन महानगरपालिकाको मतगणना रोमाञ्चक अबस्थामा पुगेको छ । एमालेका मेयर उम्मेद्धार देवी ज्ञवाली र माओवादी केन्द्रकी मेयर उम्मेद्धार रेण् दाहालबीच ११ सय को मात्र मतअन्तर रहेको छ । गणनाको अन्तिरणमा पुगेका बेला प्रतिस्पर्धा पनि निकै चोटिलो बन्न थालेको छ ।

पछिल्लो मतगणना अनुसार एमाले उम्मेद्धार देवी ज्ञवालीले ३९७५० मत ल्याएका छन् भने कांग्रेस माओवादी केन्द्र गठबन्धनकी उम्मेद्धार रेणु दाहालले ३८६०५ मत ल्याएकी छिन् । अब भरतपुर महानगरपालिका ३ वटा बडा गन्न बाँकी रहेको छ । १९, २० र २१ वडाको मतगणना बाँकी रहेको छ । यी तीन वडामा ९७३० मत खसेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice