पोखरा महानगरमा एमालेका जिसी बिजयी, १४ हजार मत अन्तरमा कांग्रेस–माओवादी पराजित

पोखरा । कांग्रेस माओवादीको गठबन्धनबिरुद्ध पोखरा महानगरपालिकामा एमाले उम्मेद्धार बनेका मानबहादुर जिसी भारी मतले विजयी भएका छन् । उनले आफ्ना प्रतिद्धन्दी नेपाली कांग्रेसका रामजी कुँवरलाई १४ बजार भन्दा बढि अन्तरले पराजित गरेका छन् । एमाले उम्मेद्धार जिसीले ६० हजार ४२३ मत ल्याई बिजयी भएका छन् । यो संँगै एमालेले महानगरमा बिजयी सुरुवात गरेको छ । हालसम्म अन्तिम गणना भएका ललितपुर र पोखरामा एमाले र कांग्रेस बिजयी भएका छन् ।
जिसीका निकटतम प्रतिद्धन्दी कांग्रेस माओवादीका उम्मेद्धार रामजी कुँवर ४६ हजार ४७३ मतमा सिमिति भए । भने उपमेयरमा पनि एमालेकै उम्मेद्धार मञ्जु गुरुङ विजयी भएकी छिन् । उनले पनि आफ्नी प्रतिद्धन्दी कांग्रेस उम्मेदवार सरस्वती कुँवरलाई १४ हजार मतान्तरले जितेकी छिन् । मञ्जु ५६ हजार ४४८ मत ल्याएर बिजयी भइन भने सरस्वतीले ४४ हजार ३३८ मत पाएकी छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice