आफ्नै कर्मचारीले घेरे जनता बैंकको सिइओ

काठमाडौं । जनता बैंक र सिद्धार्थ विकास बैंकबीच मर्जर प्रक्रिया अन्तिम चरणमा पुगिरहेका बेला कर्मचारीहरु भने त्यसको विरोधमा उत्रेका छन् । जनता बैंकका कर्मचारीहरुले सामुहिक सौदावाजी मुद्दालाई लिएर आन्दोलन गरिरहेका छन् । जनता बैंक कर्मचारी संगठनले मंगलबार सिइओ कुमार लम्लासको कार्यकक्ष घेराउ समेत गरेका छन् ।

कर्मचारीहरुले जनता बैंक र सिद्धार्थ विकास बैंकबीच मर्जर हुँदा सामुहिक सौदावाजी हुनु पर्ने, तलव भत्ता समायोजन गरिनु पर्ने जस्ता माग राखेका छन् भने अब्ल कर्मचारीलाई जनता बैंकले मर्जर अगावै सम्वोधन गर्नु पर्ने माग पनि राखिएको तिलक खतिवडाले बताए ।

कर्मचारीहरुको माग सम्वोधन गर्ने बिषयमा जनता बैंकले कुनैपनि कदम चालेको छैन । तर कर्मचारीहरु भने निरन्तर आन्दोलनमा उत्रेका छन् ।

One thought on “आफ्नै कर्मचारीले घेरे जनता बैंकको सिइओ

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice