प्रधानमन्त्रीद्धारा राजीनामाको तयारी, माओवादी स्थायी समितिबाट स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने भएका छन् । ब्यवस्थापिका संसदको बैठकलाई सम्वोधन गर्ने छ र त्यहीबाट राजीनामा दिने तयारी दाहालले गरेका छन् ।

सोमवार बसेको नेकपा माओवादी केन्द्रको हेडक्वाटरे बैठकले प्रधानमन्त्रीको राजीनामालाई अनुमोदन गरेको छ । नेपाली कांग्रेससँगको सहकार्यमा बनेको सरकारले तराई मधेसका समस्या सामधान गरेको, निर्वाचन सम्पन्न गरेको र देशमा लोडसेडिड मुक्ति गरेको निस्कर्ष माओवादी बैठकले गरेको छ ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँगको पूर्व सहमति अनुसार राजीनामा दिनु परेको पार्टी हेडक्वाटर बैठकमा राखेका थिए । बैठकले उनको प्रस्तावलाई पारित गरेको छ । दाहालले राजीनामा गोजीमा राखेर हिडेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice