माओवादीलाई पत्याएनन् काठमाडौंका मतदाताले,मेयर उमेद्धारको जमानत जफत हुने अवस्था !

माओवादी सरकारले सबैभन्दा बढी गर्व गर्नै चीज हो उस्को सरकारको पालामा भएको लोडसेडिङ अन्त्य । तर,आश्चर्य कुलमान घिसिङको क्रेडिट माओवादीले लिने प्रयास गरे पनि काठमाडौंमा त्यो पूरा हुन सकेन । २४ सै घण्टा उज्यालो र झिलिमिलि काठमाडौं पार्ने माओवादीलाई काठमाडौंका मतदाताहरुले रुचाएनन,किन होला ?बरु आफ्नो सरकारको पालामा लोडसेडिङ अन्त्य,आर्थिक वृद्धिदर उच्च,भारत र चीनबीच सन्तुलित सम्बन्ध कायम राखेको दाबी गर्ने माओवादीलाई काठमाडौंका मतदाताले किन रुचाएनन ?
काठमाडौमा एमाले यसरी लोकप्रिय हुनुको पछाडि के काठमाडौंका मतदाताले एमाले र माओवादी उमेद्धारबीच तुलना गरेको हुन ? एमालेले विद्यासुन्दर शाक्यलाई उमेद्धार बनाएको छ भने माओवादी केन्द्रले सर्वाेत्तम डंगोललाई अगाडि सारेको छ ।  देशको मुटु राजधानीमा माओवादी यसरी अलोकप्रिय हुनुपर्ने कारण के हो ? खोजीको विषय बनेको छ ।

देशकै पुरानो महानगर काठमाण्डौको ताजा मत परिणाम प्राप्त भएको छ । राअहिलेसम्मको पछिल्लो मतगणना अनुसार एमालेका बिद्यासुन्दर शाक्य ले  २९१२९ मतका साथ अग्रता लिइरहेका छन । उनलाई कांग्रेसका राजुराज जोशी ले  २०३६८ मतका साथ पछ्याइरहेका छन । एमाले र कांग्रेसको उमेद्धारबीच झण्डै नौ हजार मतको अन्त्र छ ।  तेश्रो स्थानमा विवेकशील पार्टीको रञ्जु दर्शना छिन । उनी  ११२५७ मतका साथ माओवादीलार्य समेत टक्कर दिइरहेकी छिन । चौथोमा पूर्व सचिव किशोर थापा छन । उनको साझा पार्टीले  ८५२३ मत पाँउदा काठमाडौंमा माओवादी पाँचौ स्थानमा झरेको छ । माओवादी उमेद्धार सर्बोत्तममान डंगोल  ३१६० मत पाएका छन ।

यो क्षेत्रमा माओवादी उम्मेद्वारको जमानत जफत हुने अवस्थाछ । हालसम्म माओवादीका मेयर पदका उम्मेद्वार सर्वोत्तम डंगोलले ३ हजार १६० मत पाएका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice