बालुवाटारमा सत्ताको रस्साकस्सी, राजीनामा नदिन प्रचण्डलाई ओलीको आग्रह

काठमाडौं । पहिलो चरणको निर्वाचन सम्पन्न गरेपछि राजीनामा दिने मुडमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख प्रतिपक्ष दल एमालेले ढाडस दिने संकेत गरेको छ ।
पुरानो सम्झौता अनुसार प्रधानमन्त्री दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार हस्तान्तरण गर्ने पक्षमा थिए । त्यही बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार नछाड्न दाहाललाई सुझाव दिएको स्रोतले बताएको छ ।

कांग्रेसले नमाने सरकारलाई हामी समर्थन दिन तयार छौ, तपाईले राजीनामा नदिनुहोला, शुक्रबार साँझ बालुवाटार पुगेर ओलीले ढाडस दिए । ओलीको सुझावपछि प्रधानमन्त्री दाहालले ७ जेष्ठमा दिने भनेको राजीनामा रोकिएको छ ।

सरकार परिर्वतन र पहिलो चरणको निर्वाचनको समिक्षा गर्न शनिवार एमाले स्थायी समितिको बैठक बसेको थियो । बैठकमा सरकार र निर्वाचनका बिषयमा छलफल भएको स्रोतले बताएको छ । एमाले प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर आफु पनि सरकारमा जाने सोचमा रहेको छ ।

फेरी एमाले र माओवादी गठबन्धनबीच सरकार बनाउने बिषयमा दुवै पार्टीका नेताहरु गोप्य छलफलमा जुटेका छन् । तर कांग्रेस भने पुरानो सहमति अनुसार प्रचण्डले राजीनामा दिनु पर्ने पक्षमा छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice