रसुवामा प्रहरीको ज्यादती,खुकुरी प्रहार गर्ने अपराधीलाई छाड्ने प्रहरीकै चर्काे स्वर

सत्य सेवा सुरक्षणमको मुल मन्त्र जपेर न्याय र सत्यको पक्षमा काम गर्ने कसम खाएका प्रहरीका काम अपराधीहरुलाई उन्मुक्ति दिनु हो ? होइन भने रसुवा जिल्लामा निर्दोष नागरिक माथि खुकुरी प्रहार गर्ने अपराधीलाई प्रहरीकै संग्लनतामा किन छोडियो ? अपराधीलाई उम्काउन प्रहरी नै सक्रिय रहेको भन्दै त्यहाँको वातावरण हिजो देखि भाँडिएको छ ।

निर्वाचनमा पराजय बेहोरे पाछडि रसुवा जिल्लामा केही अपराधिक व्यक्तिहरु गुण्डागर्दीको शैलीमा उत्रिए । पराजयको पीडाबाट रन्थनिएको एक समूहले आफ्नो पार्टीमा मत नदिएको भन्दै खुकुरी प्रहार गरी मरणासन्न हुने गरि कुटपिट  गर्यो । घटना शुक्रवार मध्यान्हको हो ।

गोसाइकुण्ड गाँउपालिका वडा नम्बर ५ स्थित स्याफ्रवेसीमा आफ्नो व्यवसाय सञ्चालन गरी बसेका फुर्पु स्याङ्बो तमाङलाई हिजो मध्यान्ह सोही स्थानमा बस्ने रिसुवाङ्दी तमाङ र उनका सहयोगी मोटरसाइकल चालक छिरिङ घलेले पछाडिबाट आक्रमण गरी मरणासन्न हुने गरी खुकुरीले प्रहार गरेका बताइएको छ ।

सो घटनाका मतियार छिरिङ लामालाई प्रहरीले पक्राउ गरेर मुख्य योजनाकार रिसुवाङ्दी तमाङलाई भने प्रहरीले छोडिदिए पछि त्यहाँको वातावरण अशान्त बन्न पुगेको छ ।

उनलाई स्याप्रुवेशी प्रहरीचौकीका इन्चार्ज मधुकान्त खड्काको मिलेमतोमा खुकुरी प्रहार गर्ने कार्यमा संग्लग्न रिसुवाङ्दी तमाङलाई छोडिएको थियो ।

रसुवा जिल्ला एमालेले यो घटनाको घोर भत्र्सना गर्दै दोषीलाई पक्राउ नगरिएसम्म अनश्चितकालिन रसुवा बन्दको आह्वान गरिएको छ । नेकपा एमाले रसुवा जिल्ला कमिटिका अध्यक्ष कन्र्याल लामाद्धारा जारी विज्ञप्ती भनिएको छ‘उक्त घटनामा संग्लग्न अपराधीलाई स्याप्रुवेशी प्रहरी चौकीका इन्चार्जका लार्पवाहीका कारण भगाइएको ठहर गर्दै अपराधीलाई उन्मुक्ती दिने इन्चार्जलाई तत्कालै निलम्बन गर्न ’ समेत माग गरिएको छ ।
उता,सो घटनाको रसुवा जिल्ला नेकपा माओवादी केन्द्रले समेत घोर भत्र्सना गरेको छ । यता,खुकुरी आक्रमणबाट गभ्भीरु घाइते भएका फुर्पु स्याङ्बो तमाङको अवस्था चिन्ताजनक छ । अहिले उनको राजधानीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
यता,रसुवा जिल्लाको स्याप्रुवेसीमा कार्यरत डिएएपीले भने घटनामा संग्लग्न दुबैको पहचिान भइसकेको ,अपराधिक कर्ममा संग्लग्न मध्य एक छिरिङ घलेलाई पक्राउ गरिएको र अर्कौ अपराधीको खोजी भइरहेको बताएका छन ।
अपराधीलाई तपाईहरुले पक्रेर पनि किन छोड्नुभयो भन्ने एसकाठमाडौंको प्रश्नमा रसुवाका डिएसपी फणिन्द्र प्रसाईले भने ‘कुरा अर्कै छ ।’ तर त्यो कुरा के हो भन्ने चाहिँ उनले खुलाउन चाहेनन् ।

हिजो समाइएका रिसुवाङ्दी तमाङ  के आधारमा र किन छोडिए ?  भन्ने प्रहरीसँग पनि जवाफ छैन । बरु रसुवाका डिएसपी प्रसाई भन्छन अपराधीको पहिचान भइसकेको छ । तर नाम खुलाउन हामी असर्मथ छौं ।

आक्रमणकारी तरुण दलका जिल्ला नेता हुन । उनलाई कांग्रेस नेताहरुको दबाबमा प्रहरीले छोडिदिएको आरोप छ ।

One thought on “रसुवामा प्रहरीको ज्यादती,खुकुरी प्रहार गर्ने अपराधीलाई छाड्ने प्रहरीकै चर्काे स्वर
  1. Comment dedicate to them who had striked …

    Banda garera hune chai k rahexa hijo vagisakeko manxe aja rasuwa banda xa vanera farkera prasasan ma aauxa ? Prasasan le galti gareko ho vane prasasan lai dabab dinus banda garera janta lai dabab hune ho criminal lai haina . Banda ko aabhwan garne le harek checkpost ma basera check garnus bato banda garera haina .janta lai dukha didako parinam paxi aafaile vognu parxa

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice