जुम्लाबाट कान्तिकाको ‘रेकर्ड व्रेक’,काठमाडौंमा तरंग

इतिहास तिनकै लेखिन्छ जस्ले क्रमभंग गर्दछ । यस्तै ‘रेकर्डब्रेक’गरी चर्चामा छिन कान्तिका सेजुवाल । जो नेपालको प्रथम महिला मेयर बनेर जुम्लाबासीको मात्र होइन यतिखेर सिंगो मुलुकको ध्यान तान्न सफल महिला बन्न पुगेकी छिन ।

उसो त राष्ट्रपति,प्रधानन्यायधीश,सभामुख यी सबै स्थानमा महिला पुगेको देश हो नेपाल । सोही देशको दुर्गम भेगबाट कान्तिका महिला मेयरमा निर्वाचित भए पछि बधाईको ओइरो लाग्न थालेको छ ।
तर,जीवनमा यतिखेरै सफलता र खुशी पाएकी कान्तिकाको जीवनका उस्तै अध्यारो र पीडाले जेलिएको पाटो पनि छ ।
जुम्लाको सामुदायिक स्कुल कर्णालीकी शिक्षिका समेत रहेकी उनी दुर्गम ठाँउमा बसेरै दुईवटा विषयमा स्नातकोत्तर गर्न सफल महिला समेत हुन र उनी २ छोरी र २ छोराकी आमासमेत हुन् ।
तर,यति धेरै सफलताको शिखरमा पुगेकी कान्तिकाका जीवनका धेरै संर्घष र पीडा भोगेकी छिन । उनका श्रीमान मानव सेजुवाल समाजसेवीको रुपमा सुपरिचित थिए । उनी नेपाली कांग्रेसबाट सक्रिय राजनीतिमा होमिएका थिए । जस्को दुई वर्षअघि २०७१ सालमा काठमाडौंबाट नेपाल एयरलाइन्स चढेर जुम्ला जाने क्रममा उनको विमान दुर्घटनामा निधन भएको थियो ।

जीवनमा सबै चीज खानु तर रहेश नखानु भन्ने पाठ सिकेकी उनी पतिले देखाएकै मार्गमा उनका सपना पूरा गर्न होमिइन । र त्यही आँट सास र उत्साहले आज उनी दुर्गम स्थानबाट पहिलो मेयर महिलाको रुपमा उदाएकी छिन ।

जुम्लाको चन्दननाथ नगरपालिकाबाट मेयरको उमेद्धारी दिएका उनले आफ्नो प्रतिद्धन्दी नेकपा एमालेका शान्तिलाल महतलाई ७११ मतले पराजित गर्दै देशकै पहिलो महिला मेयरको रुपमा आफ्नो नाम लेखाएकी हुन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice