‘यही नेतृत्व रहे अर्काे पटक कांग्रेस दोश्रो बाट तेश्रोमा झर्छ’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले कांग्रेसको नेतृत्वकै कारण आज काग्रेसको यस्तो हविगत भएको बताएका छन । पार्टीको नेतृत्वमा देउवा रहेसम्म आगामी निर्वाचनमा कांग्रेस दोश्रोबाट तेश्रोमा झर्ने समेत उनले टिप्पणी गर्न भ्याएका छन ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका पुत्र चिन्तनले सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै उनले वुँदागत रुपमा कांग्रेस दोस्रो हुनुको कारण औल्याएका छन । सामाजिक सञ्जालमा पौडेलले सभापति शेरबहादुर देउवाको भूमिकाका कारण कांग्रेसले पराजय भोगेको तर्क गरिएको छ।
उनले कांग्रेस दोस्रो हुनुका ५ कारण देखाएका छन्। मनोमानी टिकट वितरण, सर्वोच्चको फैसलाविरुद्ध कांग्रेसको निर्णय, प्रधानन्यायाधीशविरुद्ध महाभियोग कदम, माओवादी केन्द्रसँगको चुनावी तालमेल आदिलाई उनले कांग्रेस दोस्रो हुनुको कारण देखाएका छन्।


उनले लेखेका छन् कांग्रेस दोस्रो हुनुको कारण १) सभापतिको आडमा मनोमानी ढंगले टिकट दिलाउनु २) सर्वोच्चले गरेको निर्णयमा असहमति गर्दै पार्टीको निर्णय पुस्तिकामै उल्लेख गर्नु। ३) सर्वोच्चको न्यायाधीश विरुद्ध पर्याप्त छलफल विना महाभियोग दर्ता गर्नु। ४) पैसाको बलमा उच्च पदमा नियुक्ति लगायत कार्य गर्नु। ५) पार्टीको केन्द्रीय कार्यालय बाट अर्को पार्टीलाई भोट हाल्ने निर्देशन दिनु।

‘यस्तै नेतृत्व कायम रहे आगामी चुनावमा तेस्रो पार्टी कांग्रेस नबनाउलान् भन्न सकिन्न । उनले लेखेका छन्। स्थानीय तहको निर्वाचनको प्राप्त मतपरिणामअनुसार अहिले कांग्रेसले एमालेलाई पछ्याइरहेको छ।

One thought on “‘यही नेतृत्व रहे अर्काे पटक कांग्रेस दोश्रो बाट तेश्रोमा झर्छ’
  1. “चिन्तन “जीको चिन्तन देउवाको असफलता देखांउन्दा आफ्नै वाउ रामचन्द्र पौडेलको अशमक्षताकोपो प्रदर्शन भयो ! है न र ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice