हतियार सहित उमेद्धारको छोरा पक्रदा गृहमन्त्रीको कारवाहीमा परे धादिङका एसपी

हामी कस्तो मुलुकमा छौं ? र हाम्रा गृहमन्त्री कस्ता छन ? न्याय र सत्यको पक्षमा  लाग्नेहरुको नियती यस्तै हुने हो ? के प्रहरीले अब अपराधीहरुलाई समाउन छाडेर जुम्रा मार्दै बस्नुपर्ने हो ? प्रश्नहरु धेरै छन तर न्याय हराएको देशमा यस्को उत्तर उनै गृहमन्त्री विमलेन्द्र निधिसँग होला ।

अपराधीलाई कारवाही गरेको विषलाई लिएर धादिङ जिल्लामा कार्यरत एसपी  शरद खत्रीमाथि गृहमन्त्री विमलेन्द्र निधिको निशानामा परेका छन । उनलाई अपराधीलाई कारवाही गरेको कारण देखाँउदै धादिङबाट काठमाडौंमा तानिएको छ ।

यसरी एसपी खत्रीमाथि गृहमन्त्रीको डण्डा बर्सनुको एउटै कारण थियो,उनले अपराधीमाथि मुद्धा चलाए । यस्को वदलावमा पुरस्कार होइन । मन्त्रीबाट एसपीले सजाय पाए र उनी रातारात काठमाडौं तानिए । धादिङको खनियाँबास गाउँपालिकाका अध्यक्षका उम्मेदवार रणबहादुर तामाङका छोरा युल तामाङलाई हतियारसहित पक्राउ गरी थुनामा राख्ने एसपी आफै कारबाहीमा परेका हुन् ।

गत वैशाख २९ गते युलको साथमा पेस्तोल फेला परेको थियो । खनियाँबास–५ स्थित बसलादेवि मतदान केन्द्र बाहिर चेकजाँचको क्रममा तामाङ्गको साथमा पेस्तोल र तिन राउण्ड गोली फेला परेपछि उनी विरुद्ध हातहतियार तथा खानखाज मुद्धा चलाउने खोज्दा गृहमन्त्रीको ठाडो निर्देशनमा एसपी काठमाडौं तानिएका हुन ।

चाइनिज पेस्तोलसहित पक्राउ परेका युललाई छाड्न पटक पटक मन्त्री निधिले दबाब दिएका थिए । तर एसपीले छाड्न नमिल्ने अड्डी लिएपछि कारवाही स्वरुप  खत्रीलाई गृहमन्त्रीको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

एसपी खत्रीले हातहतियार तथा खरखजना ऐन अनुसार मुद्दा अगाडि बढाएका थिए । तर, गृहमन्त्रीको आदेशपछि कामु सिडिओ उमेश ढकालले युललाई छाड्ने तयारी गरेका छन् ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice