मलाई अचम्म लाग्छ : यस्तो बदनाम कांग्रेसलाई जनताले अझै स्थान दिइरहेका छन्

स्थानीय तहको निर्वाचनको विषयमा प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीले मुख खोलेका छन । आज मदन–आश्रितको २४ औं स्मृति दिवसका अवसर पारेर  मदननगर बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै   इतिहासमा  एमालेमाथि यति साह्रो आक्रमण कहिले  नभएको बताएका छन ।
कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले चौतर्फी  घेराबन्दी भइरहँदा र आक्रमण भइरहँदा पनि नेकपा एमाले प्रमुख शक्तिका रुपमा आउनुको पछाडि   मदन भण्डारी र जीबराज आश्रितको भूमिका  रहेको बताए ।

एमालेले  सत्ता संरक्षित घेराबन्दी र गुण्डागर्दीको सामना गरेर चुनाव सामना गरिरहेका बताँउदै यस्तो अवस्थामा समेत एमाले अगाडि भएको बताँउदै  प तर, यो पर्याप्त नभएको औल्याए ।

अध्यक्ष ओलीले अगाडि भने ‘ म निर्वाचन परिणाम हेरिरहेको छु । अस्ती मैले एमालेलाई मत दिनुपर्ने कारण बताएको थिएँ । एमाले बाहेक अरुलाई भोट दिनुपर्ने कारण नै नभएको बताएको थिएँ । त्यति हुँदाहुँदै पनि अहिले जनतामा एमालेबिरुद्ध यस्तो भ्रम फैलाइएको छ, एमालेलाई मात्र मत दिनुपर्ने बेलामा पनि अन्य पार्टीलाई पनि दिनुपर्छ भन्ने भ्रम दिइएको छ ।’

लोकतान्त्रिक आचारण, मूल्य मान्यताका सन्दर्भमा एमालेले जे गरेको छ, त्यो कसैले गर्न  नसक्ने बताँउदै ओलीले सत्तापक्ष आक्रमणमा उत्रेको छ, मारपिटमा उत्रदा समेत एमाले कार्यकर्ता संयमित भएको प्रति  एमालेका कायकर्तालाई धन्यवाद व्यक्त गरे । कहिँ पनि एमाालेले कसैलाई आक्रमण गरेन ।

अव दोस्रो चरणको निर्वाचनमा एमाले यसभन्दा प्रभाबकारी रुपमा अघि बढ्ने ओलीले बताए ।  र, प्रतिनिधिसभामा कम्तिमा पनि बहुमतका साथ प्रमुख पाटी एमाले बन्छ । अर्थात एमालेले बहुमत प्राप्त गर्छ ।

ओलीले आश्चर्य प्रकट गर्दै भने ‘मलाई अचम्म लाग्छ यस्तो बदनाम कांग्रेसलाई जनताले अझै स्थान दिइरहेका छन् । यसको अर्थ अझै जनता अलमिलएको छ । हाम्रो विचार, आचरणमा कमी छैन र होइन, तर विचार जनतामा पुरयाउनेमा कमी छ । हामीसँग जबज छ । तर विचार नै नभएकाहरु पनि यहाँ छन् । समाज बिखण्डन गर्ने, सामाजिक सद्भाव खलबल्याउने तत्वहरु खुलेआम छाती फुकाएर हिडेका छन् । यहाँ अझै तिनको बिगबिगी छ । चर्को गरी ती बोल्छन् । एमाले जता हावा चल्छ त्यता कुद्ने पार्टी होइन । देशलाई कता लैजाने भन्ने ठहर गरी त्यस दिशामा जान चाहन्छ । देशका निम्ति जे गर्नुपर्छ, त्यो एमालेले गर्नै अर्थाए ।

 

 

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice