तीन दलको टक्कर,एमालेलाई पछ्याँउदै कांग्रेस,माओवादी,कस्को होला पल्लाभारी ?

स्थानिय तहको निर्वाचनमा तिव्र प्रतिष्पर्धा हुने देखिएको छ । नेकपा एमालेले १ नगरपालिकासहित ११ गाउँपालिकामा विजयी भएको छ । भने उस्लाई कांग्रेस र माओवादी केन्द्रले पछ्याइरहेका छन । भर्खरै मात्र एमालेले डोल्पाको ठूलीभेरी नगरपालिकामा प्रमुख गणेशबहादुर शाही सहित प्यानलै विजय प्राप्त गरेको छ ।

त्यस्तै जाजरकोटको, डोल्पाको से फोक्सुण्डो तथा काइजे गाउँपालिकामा एमालेका अध्यक्ष तथा उपाध्यक्षसहित प्यानलै विजयी भएको छ । यसैगरी मनाङको नेस्याङ र चामे गाउँपालिकामा पनि एमालेले अध्यक्ष र उपाध्यक्षसहित सबैमा विजय प्राप्त गरेको छ ।

मुस्ताङको घरपझोङ र दालोमे, स्याङजाको फेदीखोला, कास्कीको मादी, जाजरकोटको शिवालय गाउँपालिकामा पनि एमाले अध्यक्ष उपाध्यक्षसहित जित हासिल गरेको छ ।ललितपुरको महांकाल गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षसहित सबैमा एमालेले विजय प्राप्त गरेको छ । नेपाली कांग्रेसले ८ ठाउँमा जित हाँसिल गरेको छ भने माओवादी केन्द्रले ९ स्थानमा जित हाँसिल गरेको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice