गठबन्धन गर्दा पनि हार्ने देखेपछि कांग्रेस माओवादी गुण्डागर्दीमा उत्रिए

पहिलो चरणको स्थानीय तहको निर्वाचन उतसाहजनक रुपमा सम्पन्न भएकोमा नेकपा एमालले खुशी ब्यक्त गरेको छ । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले बिज्ञप्ति जारी गर्दै मतदानमा उत्साहजनक सहभागिताकालागि मतदातामा धन्यवाद ज्ञापन गर्नु भएको छ ।

बिज्ञप्ति मार्फत दोलखा,काभ्रे, ,सिन्धुपाल्चोक, रसुवा ,धादिङ,हुम्ला, दैलेख लगायतका जिल्लामा सत्ताधारी दलबाट भएका हिंसा तथा बुथ कब्जा प्रति गम्भिर चिन्ता प्रकट गर्दै निर्वाचनको मूल्य मान्यताको बर्खिलाप हुने गरि आचार सहिता बिपरित भएको मतदान बदर गरि पूनः मतदान गराउन निर्वाचन आयोगसंग माग गरिएको छ ।

यसैवीच नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले गर्दै स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्साजनक रुपमा सम्पन्न भएकोमा खुशी ब्यक्त गर्नु भएको छ । नेपाली जनताले उत्साहपूर्वक रुपमा आफनो मताधिकार प्रयोग गर्दै सम्बिधान कार्यान्वयनको एउटा खुडकीलो पार गरेको चर्चा गर्दै दोश्रो चरणको निर्वाचनमा पनि यस्तै उत्साहका साथ निर्वाचन सम्पन्न होस भन्ने शुभेच्छा ब्यक्त गर्नु भयो । नेता ज्ञवालीले जनताको यो उत्साहपूर्ण सहभागितालाई सम्मान गर्न नसक्ने कांग्रेस र माओवादी केन्द्रको सत्तागठबन्धनद्वारा संगठित गुण्डार्दीका केही घटना भएकोमा त्यसको निन्दा गर्नु भयो ।

नेता ज्ञवालीले राज्यशक्तिको दुरुपयोग गरेर सत्ताधारीहरुले जनताको मतको अपमान गरेको बताउनु भयो । उहाँले सत्ताधारीहरुको यस्तो जनबिरोधी कदमलाई नेकपा एमालेले जनताको सचेततापूर्ण शक्तिको माध्यम बाट निस्तेज गरि छाडने दृढता ब्यक्त गर्नु भयो । गठबन्धन गरेर पनि चुनाव नजित्ने भएपछि कांग्रेस र माओवादी केन्द्र राज्य संरक्षीत  गुण्डागर्दीमा उत्रेको उहाँको टिप्पणी थियो । उहाँले कतिपय स्थानमा सुरक्षा निकाय र मतदान अधिकृतको भूमिका समेत सन्तुलित नभएको पाइएको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नु भयो । उहाँले जनताको जागृत अभियानबाट सन्तुलित भूमिका निर्वाह नगर्नेहरु बिरुद्ध खवरदारी गर्ने समेत बताउनु भयो ।

पहिलो चरणको मतदान प्रक्रियाबाट आम मतदाता उत्साहित भएको अवस्थामा सबै भन्दा बढी निर्वाचनकोलागि सरकारलाई दवाव दिने पार्टी र त्यसका नेता कार्यकर्ता उत्साहित नहुने त कुरै भएन । मतदान प्रक्रियामा जनताको सहभागिताले आफूहरुले अपेक्षा गरेको परिणाम आउने कुरामा नेता ज्ञवालीले ढुक्क हुन समेत आम पार्टी पंक्तिलाई आग्ह गर्नु भयो । उहाँले पहिलो चरणको निर्वाचनभएका स्थानहरुमा ५० प्रतिशत भन्दा बढी परिणाम एमालेको पक्षमा आउने दावी गर्नु भयो ।

प्रेस वक्तव्य

स्थानीय तहको आज सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाताहरु तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई नेकपा (एमाले) का तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भए पनि दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, हुम्ला, धादिङ, दैलेख लगायत जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा सत्ताधारी पार्टीहरुबाट भएका हिंसा तथा बुथ कब्जाका गतिविधिहरुप्रति नेकपा (एमाले) अत्यन्त गम्भीर भएको छ । निर्वाचन आयोग, गृह प्रशासन तथा सम्बन्धित जिल्लाका सुरक्षा निकायहरुसँग पटक–पटक आग्रह गर्दा पनि दोलखा लगायत जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा भयरहित ढङ्गले मतदान गर्न पाउने नागरिकको मौलिक अधिकारको रक्षा गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै हिंसा र बुथ कब्जाका घटनाप्रति भत्र्सना गर्दछौं ।

निर्वाचनको न्यूनतम मापदण्ड र निर्वाचन आचारसंहिता विपरित भएको मतदान बदर गर्दै ती ठाउँमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग गर्दछौं । जबर्जस्ती र बुथ कब्जाबाट आउने परिणाम जनताका लागि स्वीकार्य नहुने र यस्ता घटनाले लोकतन्त्रप्रति नै वितृष्णा बढाउँछ भन्ने कुरामा सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छौं । नेकपा (एमाले) लोकतन्त्र र संविधानलाई कमजोर बनाउने कुनै पनि गलत प्रयत्नका विरुद्धमा दृढताकासाथ उभिने प्रतिबद्धता व्यक्त गर्दछ ।

ईश्वर पोखरेल
महासचिव

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice