एकान्तमा एक घण्टासम्म देउवा निधिबीच के भयो कुराकानी ?

उसो हो भने निधिको राजीनामा फगत दुनिँयालाई देखाउनका लागि रचिएको एउटा नाटक मात्र थियो ?  देखाउनकै लागि सहि प्रधानन्यायधीश सुशीला कार्की विरुद्ध सांसदको कीर्ते हस्ताक्षर गरि महाभियोग दर्ता गरेपछि बिच्किएर राजीनामा ठोके गृहमन्त्री विमलेन्द्र निधिले । तर,राजीनामा अझैं स्वीकृत भएको छैन । बरु उनै गृहमन्त्री निधिलाई फकाउदै छन कांग्रेस सभापति शेरबहादुर देउवा ।सुरुमा बिच्किएका निधि अन्तत सभापतिको धम्कीका अगाडि लत्रेका छन र उनी पूर्ववत गृहमन्त्रालय फर्कने तयारीमा छन ।
बुधवार पार्टी कर्यलय सानेपामा कांग्रेस सभापति देउवा र गृहमन्त्री निधिबीच झण्डै एक घण्टा लामो कुराकानी समेत भएको कांग्रेस स्रोतले जनाएको छ ।महाभियोग दर्ता पछि गृहमन्त्री निधि र सभापति देउवाबीच भेटवार्ता ठप्प थियो भने बोलचाल नै बन्दको अवस्थामा थियो ।
सो अवस्थालाई चिर्दै कांग्रेस मन्त्री अर्जुन नरसिंह केसी,रमेश लेखक,बालकृष्ण खाँड,प्रदीप गिरी,एनपी साउथ,मीन विश्वकर्माहरुको दबाबमा यी दुईबीच हिजो  साँझ झण्डै एक घण्टा पार्टी कार्यलयमै वार्ता चलेको हो । मुलुक स्थानीय तहको निर्वाचनमा होमिएको समय गृहमन्त्रालयको जिम्मेवारीबाट बाहिर बस्दा पार्टीलाई ठूलो धक्का लाग्ने विषयलाई गभ्भीर भएर सोच्न सभापति देउवाले निधिलाई आग्रह गरे ।
सुरुमा देउवाले निधिको गुणगान गाए । संविधान संशोधन गर्नमा मात्र होइन मधेसी नेताहरुलाई मनाउनमा समेत निधिको भूमिका रहेको चार्च गरे । तपाई नभएको भए यी सारा काम हुँनै सक्दैनथ्यो । फकाउने क्रम सकिएपछि धम्काउदै देउवाले निधिलाई तपाईको भविष्यको समेत सवाल छ भन्दै धम्काए ।
यसरी घण्टासम्म चलेको सानोपाको संवादपछि यी दुई नेताबीचको सम्बन्ध पहिलेझैं प्रगाढ बनाएर लैजाने समझदारी भएको एक काग्रेस नेताले जनाए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice