लौ चिन्नुहोस,कुन महिला पत्रकार,कुन पार्टीको उम्मेद्धार ?

पत्रकारिताको सिद्धान्तले भन्छ‘पत्रकार दलको मादल बन्नु हुन्न । तर हामी कहाँ त यी सबै भन्ने चीज मात्र हुन । आसन्न स्थानीय  तहको निर्वाचनमा पत्रकारहरु खुलेरै दलको पक्षमा मात्र लागेका छैनन उनीहरु विभिन्न दलबाटै उम्मेद्धार नै बनेका छन ।

पेशाले पत्रकार महिलाहरु समेत यो पटकको स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीको तर्फबाट उम्मेद्धार बनेका छन । यसरी उम्मेद्धार बन्ने महिला पत्रकारहरुको संख्या झण्डै दर्जन पुगेको छ ।

पार्टीबाट उपमेयर बन्ने टिकट पाएपछि सबैभन्दा बढी चर्चामा छिन कारोवारकर्मी ह्यापी ढकाल । उनी कांग्रेसबाट काभ्रेको देउपुर नगरपालिकाको उपमेयरमा  उम्मेदवार बनेकी छिन ।  ।पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा कांग्रेसले पत्रकार सरस्वती गुरुङलाई उठाएको छ । सरस्वती कास्की आवाज राष्ट्रिय दैनिककी अध्यक्ष, रेडियो अन्नपूर्णकी सिनियर आरजे, पत्रकार महासंघको केन्द्रिय पार्षद हुन् ।

सिन्धुपाल्चोकको सुनकोसि गाउँपालिकाको उपमेयरमा पत्रकार लक्ष्मी पौडेल उम्मेदवार हुन् । पौडेल पत्रकार महासंघ सिन्धुपाल्चोकको पार्षद हुन् ।

त्यसैगरी भरतपुर महानगरपालिकाको उपमेयरमा राप्रपाले पत्रकार रीना गुरुङलाई उठाएको छ । गुरुङ कालिका एफएमकी स्टेशन म्यानेजर तथा टिभि कालिकाकी निर्देशक हुन् ।

नेकपा माओवादी केन्द्रले माडीको उपमेयरमा पत्रकार सरिता महत्तोलाई उम्मेदवार घोषणा गरेको हो । केन्द्रले पत्रकार गंगा बराललाई धरान उपमहानगरपालिकाको उपमेयरमा सिफारिस गरेको छ ।

त्यस्तै आरजे  पवित्रा लामा काभ्रेमा राप्रपाका तर्फबाट वडा उपाध्यक्षको उम्मेद्धार बनेकी छिन । उनी वेवारिसे लाशहरुको व्यवस्थापन गर्दै आइरहेको संस्था एक्सन फर सोसल चेन्जको सक्रिय सदस्य समेत हुन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice