डोल्पामा एमालेलाई ठूलो सफलता

डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा नेकपा ९एमाले०बाट प्रमुख, वडा अध्यक्ष र सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । शे–फोक्सुन्डो गाउँपालिकामा नौ वटा वडा छन् ।

गाउँपालिकाको प्रमुखमा टसी टुन्डुप गुरुङ निर्विरोध भएका हुन् । मंगलबार भएको मनोनयन दर्ताको दिन नै एमालेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

गाउँपालिकाको उपप्रमुखमा भने तीन जनाको उम्मेदवारी परेको छ । उपल्लो डोल्पाका छार्का, ताङसोझ, डोल्पो बुद्ध, शे–फोक्सुन्डो गाउँपालिकामा एमाले बाहेक अन्य कुनै पनि दलले उम्मेदवारी दिएका छैनन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice