अबको वर्ष दिनभित्रमा राजसंस्था फर्कने शिव सेना नेपाल पार्टीको दाबा

शिव सेना नेपाल पार्टीले ७५ साल भित्र राजसंस्था फर्किने दाबा गरेको छ । हिन्दुराष्ट्र र राजसंस्थाको पक्षधर पार्टीका रुपमा चिनिएका सो पार्टीले विकसित घटनाक्रमहरुको मुल्यांकन गर्दै अबको वर्ष दिनभित्रमा नेपालमा राजसंस्था फर्कने दाबा गरेको हो ।
धर्म निरपेक्षतालाई संस्थागत गर्ने, राष्ट्र विखण्डको बिउ रोप्ने दिशामा नेपालको राजनीति केन्द्रीत भएको ठहर गर्दै सो पार्टीका अनिल अध्यक्ष बस्नेतले हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाको अभियानमा रहेको शिवसेनाको अभियान ७५ सालभित्रैमा सफल हुने दाबी समेत गरेको छ ।


उनले भने ‘नेताहरुको फोहोरी राजनीतिको खेलबाट जनता आजित भइसकेका छन् । अब जनताले राजसंस्था खोजेका छन् । हाम्रो विश्लेषणमा ७५ सालभित्रमा नेपालमा राजसंस्था पुनस्र्थापना हुनेछ । ‘राष्ट्रिय एकताको प्रतिक राजसंस्थालाई विस्थापित गर्ने यो प्रयास सफल भयो भने यो देशको मालिक नेपाली जनता हुने छैनन् । नेपालीहरुलाई दास बनाएर विदेशीहरुले यहाँ रहेका केही व्यक्तिलाई आफ्नो एजेन्ट बनाएर नेपाल चलाउने सत्य कुरा हामीबीच लुकेको छैन’ शिवसेना नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकाएक पश्चिमाहरुको निर्देशन र इशाइकरणको लागि तथाकथित दलहरुले संविधान कार्यान्वयनको नाममा स्थानीय तहको निर्वाचन घोषणा गर्नु निरर्थक छ ।’

One thought on “अबको वर्ष दिनभित्रमा राजसंस्था फर्कने शिव सेना नेपाल पार्टीको दाबा
  1. नेपालमा राजसंस्था र हिन्दु अधिराज्यको स्थापना विना अर्को उपाय छैन । राजा पृथ्वी नारायण शाहले एकीकरण गरेको देश पृथ्वी जयन्तीनै नेपालको स्वतन्त्रता दिवस हो । पृथ्वी जयन्तीलाई काटेर जीजस ख्राईष्टको जन्मदिन विदा दिने ! सभ्यता संस्कृति , भाषा धर्म वेच्ने कपुत दल र नेताहरू प्रति जनतामा वितृष्णा जागी सकेको विद्यमान हो । पहिचान पहिलो कसौटी हो । यी भातमारा गाईमारा , भैसीपुज्ने कुलंगारको अन्त्य सुनिश्चित वनि सकेको छ । हाम्रा प्राचीन ऋषिमुनीहरूले दिएको डोरोवाटोनै हाम्रो मार्ग नीति हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice