बैंकको करोड रकम झ्वाम पारेर अमेरिका भासिए ब्रान्च म्यानेजर

बैंकहरुको विश्वास पनि कसरी गर्ने अब ? कहिले कृषि विकास बैंकको काण्डले त्राहिमाम भएका वैकका निक्षेपकर्ताहरुलाई कैलाश विकास बैंकले झनै त्राहीत्राही बनाएको छ । केही दिन अगाडि मात्र सो बैंकका पाखरास्थित लामाचौर शाखाका ब्राञ्च म्यानेजर रविचन्द्र खनाले करोडौ रकम खाएर फरार भए । रातारात अमेरिका पुगे । र,त्यहाँबाट रामभत्त जो जु को गीत स्मरण गर्दै लेखे
उडेर जुन छुन्छु भन्थे,तर आज पीडाको चरी भा छ जीवन
उनले आफू बिगत पाँच बर्ष देखि खराब मान्छेको संगतमा परेको । उनीहरुले आर्थिक सहयोग माग्दै जाँदा आफूले सहयोग गर्दै गएको उल्लेख गरेका छन । यसरी उनीहरुमाथि लगानी गरेको ठूलो रकम फिर्ता नआए पछि अन्तिममा आफू बाध्य भएर बैंक लाई नै छुन परेको कुरा उल्लेख गरेका छन । उनले पुर्ण बहादुर थापा,कृष्ण कुमार राजभण्डारी,अमृत पण्डित,रबि जिम्बा र अमर कुमार श्रेष्ठलाई पोलेका छन । हाल उनी पत्नी सहित अमेरिका पुगेको भेटिएको छ । गत चैत ३१ गते राती साढे ७ बजेसम्म कार्यालयमै काम गरिरहेका उनी करोडौं रकम अनियमितता गरी नयाँ वर्षको दिन त्यता उडेका हुन ।

त्यता पुगेर उनले सामाजिक सञ्जाल मार्फत प्रष्टिकरण दिएका छन । उनले सो रकम आफूले दुरुपयोग गरेको स्वीकार गर्दै सो पैसा आफूले नभई अरुले नै चलाएको प्रष्टिकरण दिएका छन् । उनले आफू अरुकै कारण आफू डुबेको र यस्तो अपराध गर्न बाध्य भएको समेत लेखेका छन । उनले आफू नराम्रो व्यक्तिको संगतले आफु फसेको बताँउदै चर्को ब्याजमा रकम लेनदेन गर्दै जादा आफु फसेपछि नचाहदा नचाहदै बैंकको रकम समेत चलाउन पुगेको उल्लेख गरेका छन् ।

पत्रमा खनालले आफुले व्यक्तिगत प्रयोजनका लागी उक्त पैसा खर्च नगरेको दाबी गर्दै सबैको राम्रो गर्छु भन्दा देशनै छाड्नुपर्ने स्थिति आयो भनेका छन् । खनालले घरपरिवार , इस्टमित्र, साथीभाइ तथा सुभेच्छुकहरुलाई पिडा दिएको कारणले आफु अब जिन्दगीभर खुशी हुन नसक्ने उल्लेख गरेका छन । यता, बैंकले गत बैशाख ३ गते नै खनालविरुद्ध नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) मा उजुरी दिएको छ । सीइआबीले भने इन्टरपोलमार्फ भएपनि उनलाई समात्ने जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice