‘धोत्रो रुखमा पलाएको एजेरु’ भन्दै नारायणकाजीलाई बाबुरामको जबाफी हमला

वावुराम भट्टराईले नारायणकाजी श्रेष्ठलाई धोत्रो रुखमा पलाएको अजेरुको संज्ञा दिएका छन । यही साता नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठले स्थानीय निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको पार्टीले एक सिट पनि नजित्ने भाषण गरेसँगै कुनै समयका सहयात्री वावुराम भट्टराई र नारायणकाजीबीच दोहोरी चलेको हो । शुक्रवारमात्र नारायणकाजी श्रेष्ठले नयाँ शक्तिलाई देशभरका कुनै पनि वडाबाट चुनाव जितेर देखाउन चुनौती दिएसँगै वावुरामले उनी माथि जवाफी हमला फर्काएका हुन । भट्टराईले नाराणकाजी श्रेष्ठलाई घुमाउरो ढंगबाट उनले जवाफी  हमला गरेका हुन । नयाँ शक्ति नेपाललाई कुनै वडामा चुनाव जितेर देखाउन चुनौती दिएका थिए । सोही भनाईको प्रतिक्रिया दिँदै उनले नाराणकाजीलाई जवाफी हमला गरेका हुन । उनले नारायणकाजी श्रेष्ठको नाम उल्लेख नगरी घुमाउरो ढंगबाट यस्तो कडा जवाफ दिएका हुन । त्यसको जवाफ सामाजिक सञ्जाल ट्वीटरमा दिँदै भट्टराईले भनेका छन्, ‘धोत्रो रूखमा पलाएको एउटा ऐजेरूले भूइँमा हुर्कदैगरेको विरूवालाई लौ आइज भन्दै तिघ्रा ठटाउनु कति जायज होला ? प्रसंग गोरखाको आसन्न स्थानीय चुनावको ।’

हिजो शुक्रबारमात्र नेता श्रेष्ठले नयाँ शक्तिले अधिकतम गरे माओवादीलाई भत्काउन मात्रै सक्ने टिप्पणी गरेका थिए । उनले नयाँ शक्तिबारे टिप्पणी गर्दै भनेका थिए, ‘एउटा वडा जित्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न छ । नयाँ शक्तिको अवस्था कस्तो हुन्छ भन्ने थाहा पाउन चुनाव पर्खिनै पर्दैन ।’ यी दुबै नेता गोरखाका स्थायी बासिन्दा हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice