मधेसी मोर्चाको रणनीति : सके चुनाव रोक्ने,नभए ठोक्ने

चुनावको मुखमा आएर कांग्रेसका नेताहरुले चुनाव सार्न माग गर्नु र सरकारसँग बिच्चिकिएको मधेसी मोर्चाले वैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुँनै नस्कने ठोकुवा गर्नुबीच केही तालमेल छ वा छैन रु हिजो मात्र पार्टीकार्यलय सानेपामा कांग्रेसका प्रदेश नम्बर दुईका नेताहरुले चुनाव सार्न माग गरेका थिए । उता गृहमन्त्री बिमलेन्द्र निधिले समेत चुनाव हुनेमा आंशका प्रकट गरिरहँदा मधेसी मोर्चाका नेताहरुले वैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुनै नसक्ने ठोकुवा गरेका हुन । आफू अनुकुल संविधान संसोधन नभएसम्म स्थानीय चुनाव हुन नदिने रणनीति अपनाएको मधेसी मोर्चाले बैशाख पहिलो सातादेखि नै आन्दोलनमा जाने जनाएका छन । चुनाव अनुकुलको वातावरण नबनाइ मोर्चालाई पेलेर जाने रणनीति सरकार र प्रतिपक्षी एमालेको देखियो’ यस्तो अवस्थामा हामीसामु आन्दोलन बाहेक अरु विकल्प देखिएन मधेसका ति नेताले भने ।
रामसपाका महासचिव केशव झाका अनुसार आज दिउँसो हुने पत्रकार सम्मेलनमा मधेसी दलहरुले गर्ने आन्दालेनका कार्यक्रमबारे जानकारी दिइने बताए । हिजो शनिबार बसेको मोर्चाको बैठकले जसरी पनि स्थानीय चुनाव रोक्ने रणनीति तय गरेको थियो। ‘ के कस्ता आन्दोलन गर्ने भन्ने विषयमा मोर्चाका शीर्ष नेताहरुबीच छलफल भइसकेको छ’ ।मोर्चाले तयार पारेको आन्दोलनका कार्यक्रममा लाठीजुलुस र निर्वाचन कार्यालय घेराऊदेखि आम हडताससम्म रहेको मोर्चाका अर्का एक नेताले बताएका छन्। ‘सकेसम्म हामी चुनाव हुन दिँदैनौ, भएन भने हामी मतदान अवरुद्ध पार्छौ’ ति नेताले भने, ‘ बैशाख ३१ को चुनाव हुँदैन, लेखेर राख्नुहोस्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice