हिमानीको नाम बेच्दै १४ लाख ठग्ने जाकिए प्रहरीको खोरमा

यसैले त भनिएको यहाँ ठग्ने होइन ठगिने चाहिँ मुर्ख ठहरिन्छ । पूर्व युवराज्ञी हमिानी शाहको नाम बेच्दै केही ठगहरुले १५४ जना सर्वसाधरणलाई ठगी गरेको फेला परेको छ । उनीहरुले हिमानी ट्रष्टमा जागिर लगाइदिने आश्वासन देखाएर ती सर्वसधरणहरुलाई ठगी गरेका हुन । त्यस्ता ठगी कार्यक्रमा संग्लग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन् । उनले १५४ सर्वसाधारणबाट करिब रु १४ लाख ठगी गरेको इलका प्रहरी कार्यलय बिर्तामोडले जनाएको छ ।

आफू हिमानी ट्रष्टको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने हु वल्र्डवाइड एसोसिएसन, झापाको निर्देशक भएको बताउँदै संस्थाको विभिन्न पदमा जागिर लगाउने प्रलोभन देखाएर सर्वसाधारणबाट सो रकम ठगी गरेको बताइएको छ ।

पक्राउ परेका शाक्यले स्वीडेनको दातृ संस्थाबाट सञ्चालित हिमानी ट्रष्टका नाममा झापामा कार्यालय सञ्चालन गर्दैआएको र झापा, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङका सर्वसाधारणबाट रकम ठगी गरेको इप्रका, बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।

हिमानी ट्रष्टद्वारा सञ्चालित हु वल्र्डवाइड एसोसिएसन संस्था झापाको बिर्तामोडमा हिमानीले उद्घाटन गर्ने र सोही संस्थामा विभिन्न पदमा जागिर लगाइदिने आश्वासन बाँडेर उनले सर्वसाधारणलाई ठगी गरेको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो ।

इप्रकामा आफूहरु ठगिएको भन्दै सर्वसाधारणले उजुरी गरेपछि प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले ठगीमा संलग्न शाक्यलाई काठमाडौँस्थित उनकै घरबाट पक्राउ गरेको बताइएको छ ।

ठगी मुद्दामा जिल्ला अदालत, झापामा बिहीबार म्याद थप गरी शाक्यमाथि थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक जबेगुले जानकारी दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice