‘म राजनीति गरेरै समाजसेवा अझैं अगाडि बढाउन चाहन्छु’ : समाजसेवी मर्हजन

प्रायः राजनीतिक गतिविधि ठप्प हुने महालक्ष्मी नगरपालिका ५ (साविकको टिकाथली गाविस)का स्थानीयहरु आगामी वैशाख ३१ को व्यग्र प्रतिक्षामा छन ।
राजनीति प्रति नै घृणा व्यक्त गर्ने सो क्षेत्रका स्थानीयहरु आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि आतुर हुनुको प्रमुख कारण हो सो नगरपालिकाको उम्मेद्धार ।
समाजसेवी लालबहादुर मर्हजनले उम्मेद्धारी दिने तयारी गरिरहँदा सो क्षेत्रका स्थानीयबासीहरु आगामी निर्वाचनमा आफ्नो अमूल्य मत दिई समाजसेवी मर्हजनलाई जिताउन आतुर भएका हुन ।
मृदुभाषी र सहयोगी स्वभावका मर्हजनले टिकाथलीमा मन्दिर,प्रहरी चौकी,धारा बनाउनका लागि आफ्नो जग्गा समेत दान दिएर आफ्नो महानताको परिचय दिइसकेका छन । उनको समाजसेवी भावना र चाहना देखेरै सो क्षेत्रका स्थानीयहरु आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिइ मर्हजनलाई सो नगरपालिकाको ५ नम्बर वडाको अध्यक्षको रुपमा देख्न आतुर रहेको सो क्षेत्रका स्थानीयहरुले एसकाठमाडौंसँग बताए । सो क्षेत्रमा लालबहादुर वाहेक अरुको विकल्प नभएको स्थानीयबासीहरुको भनाई छ ।


मर्हजन जतिको खटिने,दुःखी गरिबको पीडा बुझ्न,समाजसेवाको क्षेत्रमा चौविसै घण्टा खटिने स्वभावका कारण स्थानीयवासीहरुले नैतिकताका आधारले गाँउबासीलाई पुर्याएको योगदनाको कदर गर्दै सो क्षेत्रलाई अझै विकासको गतिमा अगाडि बढाउन समेत नैतिकताका आधारले समेत एक मत मर्हजनलाई दिनै पर्ने स्थानीयहरु बताँउछन ।
पहिला लामो समय वडा संयोजकको रुपमा रहि लामो समय गाँउको स्थानीयबासीहरुको सेवा गरेको कुरा स्थानीयबासीहरुले भने विर्सिएका छैनन् । मर्हजनको यो योगदानलाई पार्टीले कसरी मूल्यांकन गर्छ त्यो भने हेर्न बाँकी छ ।
आफू र आफ्नो उम्मेद्धारीको मुल्यांकन स्थानीय जनता र सम्बन्धित निकायले सही मुल्यांकन गर्ने कुरामा आफू विश्वस्थ रहेको मर्हजनको भनाई छ ।

समाजसेवामा रमाइरहेको व्यक्तिलाई किन राजनीति चाहिएको भन्ने एसकाठमाडौंको प्रश्नमा मर्हजन भन्छन विशुद्ध हिसाबले समाजसेवा गर्नका लागि पनि कुनै न कुनै राजनीतिक पद चाहिने भएको हुँदा आफू राजनीति गरेरै समाजसेवालाई अगाडि बढाउन चाहेको स्पस्ट पारे ।

एक्सन फर सोसल चेन्ज नामक सामाजिक संस्थाले वेवारिसेहरुको औषधो उपचार सहित लाशहरुको व्यवस्थापन समेत गर्दै आएको छ । मर्हजन सो संस्थाको संरक्षक समेत हुन । संस्थाले हालसम्म ४५ वटा वेवारिसे लाशको सदगद् गरिसकेको छ भने दर्जनौ वेवारिसेहरुको औषधोउपचार गरी सफल उपचार समेत गरिसकेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice