नाइके लामामाथि गौरीघाटमा गोली प्रहार

काठमाडौं । अन्य व्यक्तिमाथि आक्रमण गरेको भनिएका दावा लामामाथि गौरीघाटमा आज गोली प्रहार भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले लामाको कम्मरमा दुई गोली लागेको जानकारी दिनुभयो । उनको जोरपाटी, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गत माघमा दरबारमार्गको डिस्कोमा राम गिरीमाथि आक्रमण गरेपछि प्रहरीले लामालाई पक्राउ परेको थियो । सोही घटनामा लामा अदालतबाट धरौटीमा छुटेका थिए । प्रवक्ता कार्कीले प्रारम्भिक अनुसन्धानमा गुुन्डागर्दीका क्रममा दुस्मनी भएको व्यक्तिले उनीमाथि आक्रमण गरेको हुन सक्ने देखिएको बताउनुभयो । आक्रमणकारीको पहिचान हुन लागेको र ती छिट्टै पक्राउ पर्ने जिकिर पनि उहाँले गर्नुभयो ।

गौरीघाटस्थित ‘दिव्य पार्टी प्यालेस’मा रहेको ‘हेल्थ क्लब’मा जाँदै गर्दा मुखमा मास्क लगाएर आएका एक व्यक्तिले ढोका नजिकै उनीमाथि आज बिहान आक्रमण गरेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice