डिआइजी नवराज सिलवालको दुई नम्बर कता गायव ?

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकमा डीआईजी प्रकाश अर्याललाई आइजीपीमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले ठाडो प्रस्ताव राख्ने तयारी गरेका थिए । तर, मन्त्रीहरुले कार्यसम्पादन नम्बर हेरेर गर्ने भनेपछि गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका सचिव र निमित्त आइजीपी दिनेशचन्द्र पोखरेल रहेको कमिटी बनाइयो,रातारात । र ,सो कमिटीले कार्यसम्पादन नम्बर अध्ययन गरेपछि हिजै मन्त्रिपरिषदले आइजीपी नियुक्ति गर्र्यो प्रकाश अर्याललाई ।
यस अगाडि नै सर्वोच्च अदालतले चार डीआइजीको चार वर्षको कार्यसम्पादन मूल्यांकन मगाएको थियो । तर प्रहरी ऐनमा तीन वर्षको कार्यसम्पादन मूल्यांकनलाई आधार मान्ने व्यवस्था भएकाले त्यसमा प्रकाश अर्याल अगाडि देखिएको हल्ला चलाइयो । तर स्रोतका अनुसार,तीन वर्षको कार्यसम्पादनमा समेत प्रकाश अर्याल र नवराज सिलवालको बराबरी अंक रहेको गृह स्रोतले बताएको छ । त्यसमा प्रहरी नियमावलीमा विभूषणको २ नम्बर दिने व्यवस्था छ । तीन वर्षको कार्यसम्पादनलाई आधार मान्ने हो भने नियमावलीअनुसार सिलवालले पाएको पदकको नम्बर पनि जोड्नुपर्छ ।

नियमावलीले पदकको नम्बरसमेत जोड्नुपर्ने व्यवस्था गरेको छ । डीआइजी सिलवालले यो वर्ष सुप्रवल जनसेवाश्री विभूषण पाएका छन् । त्यो नम्बर प्रहरी नियमावलीअनुसार कार्यसम्पादनमा जोड्दा डीआईजी सिलवालको अर्यालभन्दा सिधै २ नम्बर बढी हुन्छ ।
तर, सरकारले कीर्ते गरी थपिएको नम्बरका आधारमा अर्याललाई बढुवा गर्दा भोलि अदालतमा पुग्ने बाटो रहने अवस्था देखिएको छ । गृहसचिव सहितको कमिटीले किर्ते गरी थपिएको नम्बरका आधारमा अर्याल बढुवा भए कारबाहीमा पर्नेछन् ।
किनकि अदालतमा चारै डीआइजीको कार्यसम्पादन नम्बरको फाइल सुरक्षित छ । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र लोकसेवा आयोगले अदालतमा दिएको फाइल सुरक्षित भएकाले किर्ते गरी थपिएको नम्बरका आधारमा बढुवा गर्दा भोलि कमिटीका सचिवहरु जिम्मेवार हुने अवस्था देखिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice