मधेसी नेताद्धारा एमाले नेताको श्रीमती र बुहारीमाथि दुव्र्यवहार

नेकपा एमालेका सांसद सत्यनारायण मण्डलले मधेसी मोर्चाका नेताहरुले आफ्नो घरमा पसेर श्रीमती र बुहारीमाथि दुर्व्यवहार  गरेको विषयलाई संसदमा प्रवेश गराएका छन । उनले मधेसी नेताहरु नसुध्रिए कानुन हातमा लिन आफू वाध्य हुने चेतावनी समेत मधेसी नेताहरुलाई दिएका छन ।

एमाले सांसद सत्यनारयण मण्डलको श्रीमती,बुहारीमाथि दुर्व्यवहार भएको भन्दै उनले यो विषयलाई संसदमा प्रवेश गराएको हुन । संसदको बैठकमा बोल्दै उनले मधेसी मोर्चा नसुध्रिए आफूहरु पनि कानुन हातमा लिन विवस हुने चेतावनी समेत दिएका छन ।

संसदमा विशेष समय लिएर बोल्दै मण्डलले मधेसी मोर्चाले लोकतन्त्रमा विश्वास गर्छन् कि गुण्डागर्दीमा भन्ने प्रश्न उठाएका हुन । उनले संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश यादवको नेतृत्वको समूहले ६० वर्षकी श्रीमती र २१ वर्षकी बुहारीलाई लछारपछार गरेको भन्दै आक्रोस समेत पोखेका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice