हास्यकलाकार हरिवंश सवार कारलाई पछाडि बाट बसले दियो ठक्कर

हास्य कलाकार हरिवंश आचार्यको कारलाई बसले ठक्कर दिएको छ । आचार्यले चलाएको बा १३ च १२२९ नम्बरको कारलाई पछाडीबाट आएको बसले ठक्कर दिएको हो । सर्वोच्च अदालत अगाडी रामशाहपथमा उनको गाडीलाई बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट उनको गाडीको पछिल्लो भाग क्षतिग्रस्त भएको छ । अचार्यले आफू सुरक्षित रहेको जनाएका छन ।   उनले भने, ‘म सुरक्षित छु, मान्छेले बाटो काट्दा दुर्घटना भएको हो । ’ अचार्यका अनुसार उनको गाडीमा क्षति पुगेको छ ।’

उनका अनुसार गाडी गुडिरहेको अवस्थामा एक जना व्यक्तिले सडक काटेपछि दुर्घटना भएको हो । मान्छेले बाटो काटेपछि आचार्यले ब्रेक लगाएका थिए । त्यहिबेला पछिबाट आएको बसले उनको कारलाई ठक्कर दिएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice