बाबुराम भट्टराईसहित हिसिला र सीपी गजुरेल पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पक्राउ परेका छन् । निर्वाचन आयोग घेराउ गर्न पुगेका भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । भट्टराईसँगै बैद्य माओवादीका नेताहरु पनि पक्राउ परेका छन् । दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता निर्वाचन आयोग घेर्न पुगेका थिए ।

निर्वाचन आयोग घेर्न पुगेका भट्टराई, हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका बैद्य माओवादीका नेता सीपी गजुरेल पनि पक्राउ परेका छन् ।
पक्राउ परेका नेता कार्यकर्तालाई नेपाल प्रहरी २ नम्वर गण, महाराजगञ्जमा राखिएको छ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनाव चिन्ह दिएको छ । अरु दलका उम्मेदवारले भने दलीय चुनाव चिन्ह पाउने छैनन् । स्वतन्त्र हैसियतमा चुनाव लड्नु पर्नेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice