डिआइजी नवराज सिलवाल जहाँ,सफलता त्यहाँ

राजनीतिक खिचातानीका कारण तेस्रो नम्बरका विवादास्पद डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गर्ने सरकारको निर्णयलाई सर्वाेच्च अदालतले वदर गरिदिएको छ । यो सँगै डिआइजी नवराज सिलवाल अदालतबाट न्याय पाएका छन ।

प्रहरी संगठन भित्र नवराज सिलवाललाई अब्बल दर्जाको अनुसन्धाकर्ताको रुपमा मात्र होइन,आर्थिक रुपमा समेत कुनै विवादमा नमुछिएका अधिकृतको रुपमा चिन्ने गरिन्छ । उनले जहाँ जहाँ हात हाल्यो,त्यही सफलता पाँउदै आएका छन । चाहे नक्कली डाक्टर,पाइलटलाई समाउने मामिला होस वा ३३ किलो सुन काण्डमा मुछिएका आफ्नै सहकर्मी श्याम कार्कीलाई अठउन समेत उनकले हात कमाएनन् ।    कुनै समय गुण्डाराजको रुपमा चिनिने राजधानी शहरमा अपराधी र गुण्डा निर्मुल पार्नमा समेत सिलवालकै मुख्य भूमिका रह्यो । भलै,सिलवाल यस्मा आफूलाई प्रहरी संगठनका साथीहरुको सहयोगलाई समेत बिर्सन नहुने बताँउछन ।

कुनै समय सांसदहरु रातो पासपोर्ट काण्डमा मुछिएका थिए । त्यस्ता रातोृ पासपोर्टधारी सांसदहरुलाई समेत समाएर जेलको चिसो खोरमा कोच्ने समेत उनै सिलवालको सक्रियता रह्यो । यस्तै सर्वसाधरणको रकम कुम्लाई बैंक डुबाउने बैंक डिफल्डरहरुलाई समेत सिलवालकै अपरेसनबाट सभ्भव भयो ।


२०४४ साल चैत २९ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका सिलवाल अध्ययनशील, अपराध अनुसन्धानमा दक्ष र समयअनुसार निर्णय गर्नसक्ने क्षमता राख्ने कुशल प्रहरीको रुपमा चिनिन्छन ।
जहाँ जहाँ नवराज सिलवालले हात हाल्छन त्यहाँ सफलता पाउदै गएका कारण समेत सिलवालको प्रहरी संगठन देखि आम जनतामाझ समेत राम्रो छाप पार्न सकेका छन ।
सिलवाल काठमाडौं प्रहरी प्रमुख हुँदा आपराधिक गतिविधिलाई न्यूनिकरण गरेका कारण चर्चामा आएका थिए । उनले राजनीतिक पहुँच राखेर गुण्डागर्दी गर्नेहरुविरुद्ध अपरेसन नै चलाए ।
अपरेसनका कारण काठमाडौंमा गुण्डागर्दी गर्नेहरुको भागाभाग भयो । एसएसपीबाट डीआईजीमा बढुवा हुँदा एक नम्बरमा रहेका सिलवालले केन्द्रीय अनुसन्धानको ब्युरोको कमाण्ड सम्हालेलगत्तै थुप्रै बोल्ड र ऐतिहासिक कामहरु गर्दै आएका छन् । नक्कली डाक्टर र पाइलटविरुद्ध उनले अपरेसन नै चलाए । उक्त अपरेसनका कारण थुप्रै नक्कली डाक्टर तथा पाइलट पक्राउ परे भने केही डराएर पेशा नै छाडे ।
सिलवालको यो अपरेसनको सर्वसाधारणले पनि मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । त्यस्तै, नेपालीहरुको एटीएम नम्बरको प्रयोग गरी रकम निकाल्ने विदेशीहरुलाई श्रृंखलाबद्ध रुपमा पक्राउ गर्ने काम पनि सिलवाल नेतृत्वको टिमले गरेको थियो ।
त्यस्तै, हालसालै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब ३४ किलो सुन पक्राउ गरेपछि सिलवालको कार्यक्षमता झन् उजागर भयो । उनले सुन तस्करीमा संलग्न संगठनभित्रकै एसएसपी, भन्सारका कर्मचारी, अन्य दोषीहरुलाई पक्राउ आफ्नो योग्यता र कार्यक्षमताको नमुना पेश गरेका छन् । यी बाहेक अन्य थुप्रै गैरकानुनी कार्यहरुको भण्डाफोर गर्ने र अपराधीलाई पक्राउ गर्ने काम सिलवालले गरेका छन् । जसका कारण उनी जनप्रिय बनेका छन् ।

पूर्व प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालको पदावधी सकिए पछि सरकारले विशेष गरी शेरबहादुर देउवाको दबाबमा तेश्रो वरियताक्रमको जयबहादुर चन्दलाई आइजिपी बनाउने निर्णय भयो । त्यो निर्णय तीन घण्टा पनि टिकेन । अन्ततः न्यायको खोजीमा सर्वाेच्च अदालतसम्म पुगेका सिलवालको पक्षमा निर्णय गर्दै अदालतले सरकारलाई समेत घुँडा टेक्न बाध्य बनायो ।

सिलवालका यी सबै अनुसन्धानहरु र यस्मा पाएको सफलता देख्दा भन्न करै लाग्छ,जहाँ जहाँ नवराज सिलवालको हात,त्यही त्यही सफलताको साथ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice