आइजि नियुक्त्तसम्बन्धी आज यस्तो आँउदैछ सर्वाेच्चबाट फैसला

प्रहरी महानिरीक्षक आईजीपी नियुक्ति विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला दिने भएको छ । हिजो बहस सकिएपछि आज फैसला  हुन लागेको हो । आइतबारदेखि सुरु भएको अन्तिम बहसमा विपक्षी कानुन व्यवसायीले बहस नगरेपछि हिजो सकिएको थियो । बहस सकिए पनि प्रधानन्यायाधीश सुशीला कार्कीको व्यस्तताले फैसला आज हुन लागेको हो । हिजो अन्तिम सुनुवाइमा विपक्षी जयबहादुर चन्दका तर्फबाट प्रतिरक्षा गर्ने कानुन व्यवसायीले इजलास बहिष्कार गरेका थिए । गत फागुन १ गते सरकारले आईजीपीमा डीआईजी जयबहादुर चन्दलाई सिफारिस गरेको थियो ।

सरकारले सिफारिस गरेको दुई घण्टा बित्न नपाउँदै सर्वोच्च अदालतले सिफारिस निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । चन्दको सिफारिस रोक्न माग गर्दै अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिट निवेदनमा प्रधानन्यायाधीश कार्कीको एकल इजलासले निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

निर्णय कार्यान्वयन यथास्थितिमा राख्न आदेश जारी भएकै दिन वरीयतामा तेस्रो नम्बरमा रहेको चन्दलाई आईजीपीमा सिफारिस गरेको भन्दै अर्का प्रत्यासी डीआईजी नवराज सिलवालले पनि सोही दिन सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले यसअघि फागुन १८ गते जारी गरेको अन्तरिम आदेश अनुसार रिट जारी गरेमा आईजीपी नियुक्तिको नयाँ प्रक्रिया सुरु हुनेछ । अन्तरिम आदेश खारेज भएको अवस्थामा भने चन्दको सिफारिस कार्यान्वयनका लागि सरकारलाई बाटो खुल्नेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice