राप्रपाको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र मेटाउन महान्यायधिवक्ताको सक्रियता

निर्वाचन आयोगले रातारात राप्रपाको विधानबाट सनातन हिन्दुराष्ट्र र सवैंधानिक राजतन्त्र हटाउनुको पछाडि महान्यायाधिबक्ता रमनकुमार श्रेष्ठ मुख्य हात रहेको तथ्य फेला परेको छ ।
आयोग स्रोतका अनुसार आयोगले अस्ति शुक्रबार राप्रपाको विधानबाट उस्को टाउको मानिएको हिन्दु राष्ट्र र सवैंधानिक राजतन्त्र हटाउने निर्णय गर्नु अगाडि सरकारका कानुनी सल्लाहकार महान्यायाधिबक्ता रमन कुमार श्रेष्ठलाई आयोगमै बोलाएर ती बिषयबमा राय मागेको थियो ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबसहित सबै आयुक्तसहितको परामर्शमा महान्यायाधिबक्ता श्रेष्ठले संविधानसँग बाझिएकाले तिनलाई हटाउनुपर्ने सुझाव दिएका थिए ।सोही सुझाव पछाडि हो,आयोगले राप्रपाको विधानबाट हिन्दुराज्य र संवैधानिक राजतन्त्र भन्ने शव्द हटाइदिएको ।
संविधानसँग बाझिएको कारण देखाउदै आयोगले शुक्रबार उसको विधानबाट पार्टी पहिचानसँग जोडिएका ती दुई बिषय हटाएपछि त्यसलाई आपत्तिजनक, संविधानको मर्म बिपरित भन्दै राप्रपा सडक आन्दोलनमा उत्रेको छ ।
आयोगको निर्णयलगत्तै राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले निर्णय संविधानको मर्म र भावना बिपरित रहेकोमा आक्रोस पोख्दै चैतको तेश्रो साताबाट सडक आन्दोलनको घोषणा गरेका थिए ।
बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहयोग गर्न सरकारमा गएको दाबी गर्ने थापाले आयोगको निर्णयले निर्वाचन प्रभावित पार्न सक्ने सम्मको धारणा सार्वजानिक गर्दै आएका छन ।

निर्बाचनमा जाँदा दलहरुले आफ्ना एजेण्डा आफैं निर्धारण गर्न पाउनुपर्नेमा आयोगले त्यसमा अनावश्यक हस्तक्षेप गरेको बुझाई राप्रपाको छ ।

One thought on “राप्रपाको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र मेटाउन महान्यायधिवक्ताको सक्रियता
  1. राप्रपाका अध्यक्ष्य ले सत्तापक्ष्यबाट र उपप्रम र अन्य मन्त्रिहरुले आफ्ना पदहरुबाट राजिनामा गरेर मात्र आन्दोलन मा जानु पर्छ, तलब भत्ता लियर आन्दोलन गर्नु गैरकानुनी हो| मधेसी मोर्चाले त सरकार बाट समर्थन लियर मात्र आन्दोलनमा गयको हो नि त् |

    के राप्रपासंग मधिसे मोर्चा जतिको पनि नैतिकता रहेनछ कि के हो? आसन्न चुनाब भाँड्नको लागि भारत संग मिलेर अर्को कोण बाट आन्दोलन गर्दा जनताको बिचमा नाङ्गिञ्छ नि त्| चुनाब मा गयर आफ्नो पार्टीको बिधान को पक्ष्यमा भोट मागे मात्र जनता ले माफ गरेर जीताउला| सबैलाई चेतना रहोस|

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice