सिंहदरबारमा प्रम प्रचण्डकै अगाडि उपरखुट्टी लगाएर बस्ने यी महिला को हुन ?

सह सचिव स्तरको विदेशी राजदुतले नेपालका मन्त्री र प्रधानमन्त्रीसँग कतिसम्म हेपाहा व्यवहार देखाँउछन भन्ने उदाहरण हो यो । यस्तै दृश्य सार्वजानिक भएको छ, गत शुक्रवार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यलयमा ।

प्रसंग हो प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्र संघका उपमहासचिव सम्साद अख्तरबीचको भेटको । उक्त शिष्टाचार भेटमा उनी जसरी प्रस्तुत भइन यस्ले उनीहरुको हेपाहा व्यवहारलाई प्रकट गरेको छ ।
उनी संयुक्त राष्ट्र संघको इकोनोमिक एण्ड सोसल कमिसन फर एसिया एण्ड प्यासिफिकका कार्यकारी प्रमुखसमेत रहेकी उनी भेटघाटको क्रममा मर्यादा भुलेर प्रधानमन्त्री दाहालको अगाडि उपरखुट्टी लगाएर बसेको तस्विर सार्वजानिक भए पछि उनी आलोचनाको तारो बनेकी छिन

गत शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्साद अख्तरले आफ्नो ५ वर्षे कार्यकाल पूरा गरेको अवसरमा प्रधानमन्त्री दाहालसँग बिदाइ भेट गर्न पुगेकी थिइन ।
प्रधानमन्त्री दाहालसँगै अर्को सोफामा बसेकी सम्साद अख्तरले आफू कुन मुद्रा र अवस्थामा बसेको छु भन्ने कुरा भुलेर जगत हसाएकी हुन् ।
साधरणतय कुटनीतिमा यस्ता साना कुराले समेत महत्वपूर्ण अर्थ राख्छ । यस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न जाँदा कुटनीतिक मर्यादा ख्याल नगरेको भन्दै प्रधानमन्त्री पत्नी सीता दाहालको चर्को आलोचना भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice