थानकोटमा ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा चार सवारी साधनमा क्षति, आठ घाइते

काठमाडौं । ट्रकको ‘बे्रक फेल’ भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा शुक्रवार चारजना घाइते भएका छन् ।

थानकोटस्थित दूरसञ्चारचोकमा ट्रकको ‘बे्रक फेल’ भएर अनियन्त्रित भई स्कुटर, मिनीट्रक र ट्याक्सीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए ।

ठक्करबाट घाइते चारमध्ये मिनीट्रकका चालकको अवस्था गम्भीर रहेको छ । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको उनले जानकारी दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice