चट्टाने अडानकै कारण मुलुक दुर्घटनाबाट जोगिएको टोपबहादुरको जिकिर

प्रधानमन्त्री तथा माओवादी पार्टी अध्यक्ष प्रचण्ड संविधान संशोधन पास गराई छाड्ने धुनमा लागिरहँदा सोही पार्टीका संसदीय दलका उपनेता टोपबहादुर रायमाझिले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन्।
रायमाझीले मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधन टरेको तर्क गरेका हुन ।
सदनमा संशोधन प्रस्ताव दर्ता भएदेखि नै विपक्षमा उभिएका नेता रायमाझिले आफ्नो चट्टाने अडानले देशलाई सही मार्गमा डोर्याउन सफल भएको जिकिर गरे उनले भने,‘हिजो मैले जे भनेको थिएँ, आज त्यही सही सावित भयो, आज आएर सिमाङ्कनको मात्रै नभएर सबै संशोधन प्रस्तावहरू रोकिएका छन्, अब संशोधनको सम्भावना मात्र १ प्रतिशत छ, ९९ प्रतिशत सम्भावना टरेको छ, निर्वाचनमा मुलुक गईसक्यो, कसैले शंका गर्नुपर्दैन, कसैले रोक्न पनि सक्दैन, यो देशको लागि खुशिको कुरा हो।’
नेता रायमाझीले अघि थपे,‘मोर्चाको हातमा जतिबेला ताला चाबी थियो, त्यति बेला उहाँहरूले अधिकारको ढोका खोल्नु भएन, आज त्यो चाबी कमल थापा र विजय गच्छदारको हातमा पुगिसक्यो, यस्तो स्थितिमा संशोधन झनै सम्भव छैन् ।
अर्को कुरा २ नम्बर प्रदेशका नेताहरू ५ नम्बर प्रदेशको भाग खोस्न जाने र त्यहाँ देखिएका दृश्यहरू हेरेर हाँस्ने जस्तो भुल अरु के हुन सक्छ?।’

One thought on “चट्टाने अडानकै कारण मुलुक दुर्घटनाबाट जोगिएको टोपबहादुरको जिकिर

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice